७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने

युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने
अ+ अ-

मस्को। युक्रेनबारे अमेरिकाको मियामीमा युक्रेन र पश्चिमा मुलुकका नेतासहित अमेरिकी प्रतिनिधिसँग हुने वार्तामा रुस सहभागी हुने मस्कोले जनाएको छ ।

युक्रेन युद्धको समाधानका लागि अर्को चरणको वार्तामा रुसी वार्ता टोलीका नेता किरिल दिमित्रीएभले शनिबार आफू मियामी जान लागेको बताउनुभएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ र अमेरिकी राष्ट्रपतिका ज्वाइँ जारेड कुश्नरको मध्यस्थतामा हुने वार्ताका लागि युक्रेनी र युरोपेली टोली पनि अमेरिकी शहर मियामीमा रहनुहुनेछ ।

वार्ताका लागि ट्रम्पका दूतहरूले एक योजना अघि बढाएका छन् जसमा संयुक्त राज्य अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्ने तर किएभले सम्भवतः केही क्षेत्र गुमाउने अपेक्षा गरिएको छ । यो योजनाप्रति युक्रेनीहरूबीच असन्तुष्टी देखिएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले शुक्रबार युक्रेनलाई कुनै पनि सम्झौतामा बाध्य नपार्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “युक्रेन यसमा सहमत नभएसम्म कुनै शान्ति सम्झौता हुँदैन। आफ्नो गृहनगर मियामीमा शनिबार हुने वार्तामा उहाँले सहभागी हुन सक्ने बताउनुभयो ।”

दिमित्रिएभले बिहानको सूर्य र समुद्र तटको हरियाली समेटेको छोटो भिडियोसहितको एक पोस्टमा सामाजिक सञ्जाल एक्समा आफु ‘मियामीको यात्रामा’ रहेको लेख्नुभएको छ ।

अमेरिकीहरूले विभिन्न स्थानहरूमा प्रत्येक पक्षसँग छुट्टाछुट्टै वार्ता गर्दै आएको अवस्थामा वार्तामा रूसी र युरोपेली संलग्नताले पहिलेको चरणबाट वार्ता प्रक्रिया एक कदम अगाडि बढेको सङ्केत हुन्छ ।

दिमित्रिएभले युक्रेनी र युरोपेली वार्ताकारहरूसँग प्रत्यक्ष वार्ता गर्ने सम्भावना छैन किनकि दुई पक्षहरू बीचको सम्बन्ध अत्यन्त तनावपूर्ण छ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेन आक्रमणका लागि सेना पठाएको मस्कोले वार्तामा युरोपको संलग्नताले प्रक्रियामा बाधा पुर्याउने तर्क गरेको छ।

रुसको दबाब

राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार वार्षिकरूपमा हुने एक पत्रकार सम्मेलनमा युक्रेनमा आफ्नो सैन्य आक्रमणलाई अगाडि बढाउने वाचा गरेपछि सप्ताहन्तमा वार्ता भएको हो ।

रुसले शनिबार युक्रेनको सुमी र डोनेट्स्क क्षेत्रका दुई गाउँ कब्जा गरेको घोषणा गरेको छ । यसैबीच, युक्रेनको ‘ब्ल्याक सी’ ओडेसा बन्दरगाह क्षेत्रको पूर्वाधारमा रातभर रुसी ब्यालिस्टिक मिसाइल आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ भने आक्रमणमा परी करिब तीन दर्जन घाइते भएका छन् ।

युक्रेनी सुरक्षा बल (एसबियु) ले युक्रेनले कब्जा गरेको क्रिमियाको हवाई क्षेत्रमा दुई रूसी लडाकु विमानहरू नष्ट गरेको दाबी गरेको छ।

नेता पुटिनले युक्रेनलाई विसैन्यीकरण गर्न र नेटोको विस्तार रोक्नको लागि ‘विशेष सैन्य अभियान’ को रूपमा वर्णन गरिएको युक्रेनमाथिको आक्रमण गर्न सन् २०२२ फेब्रुअरीमा आदेश दिनुभएको थियो ।

किएभ र उसका युरोपेली सहयोगीहरूले भने दोस्रो विश्वयुद्धपछि युरोपेली भूमिमा सबैभन्दा ठूलो र घातक युद्ध एक अकारण र अवैध भूमि कब्जा भएको बताउँदै आएका छन् । युद्धका कारण युक्रेनमा व्यापक विनाशको अवस्था आएको छ। (रासस/एएफपी)