२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिँचाइ प्रणालीको सुधार गर्नुपर्छः मन्त्री भूसाल



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइ प्रणालीको सुधार गर्नुपर्ने बताउनुभएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना भरतपुर कार्यालयको आज यहाँ उद्घाटन गर्दै उहाँले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने क्षेत्र कृषि भएकाले यसको महत्वपूर्ण पाटो सिँचाइ रहेको उल्लेख गर्नुभयो । 

कृषकलाई सुविधा दिने गरी काम गर्न निर्देशन दिँदै मन्त्री भूसालले सरकारको नीति खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउनु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सतह वा भूमिगत जे होस् । सिँचाइ हुनुपर्यो ।”

कार्यक्रममा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले कार्यालयले गर्ने कामबारे जानकारी गराउनुभएको थियो । कार्यालय भरतपुरमा खुलेसँगै जिल्लाका कृषक प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् ।