१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनहित र मुलुकको पक्षमा काम गर्नेलाई मतदान गर्न मन्त्री खरेलको आग्रह



अ+ अ-

ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता र मुलुकको पक्षमा काम गर्ने र सकरात्मक परिवर्तन ल्याउनसक्ने व्यक्तिलाई मतदान गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

ललितपुरको इमाडोलस्थित युरो किड्स विद्यालयद्वारा आज आयोजित अभिभावक दिवसमा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्दा सकारात्मक परिवर्तन ल्याउनसक्ने नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिनुभयो । “युवा देश छोडेर विदेशिनुपर्ने अवस्थाको अन्त्यका लागि नेतृत्व छनोटमा आमनागरिक सचेत हुनुपर्छ ।

सकारात्मक परिवर्तन गर्नसक्ने नेतृत्वले मुलुकभित्र शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा जनहित अनुसार काम गर्न सक्छ”, उहाँले भन्नुभयो ।

परिवार छोडेर विदेशिनुपर्ने पीडादायी वर्तमान अवस्थालाई चिर्न अबको पुस्ताले स्वदेशमा बसेर काम गर्नसक्ने वातावरण बनाउनुपर्नेमा मन्त्री खरेलले जोड दिनुभयो । “यसका लागि सचेत भएर योग्य र सक्षम नेतृत्व चयन गरौँ । सधैँ अरुलाई दोष लगाएर हुँदैन, काम नगर्नेलाई तिरस्कार गरौँ । वर्तमान सरकारको पहिलो प्राथमिकता तोकिएको समयमा निर्वाचन गराउनु हो, तपाईंहरूले सही नेतृत्व चयन गर्नुहोला”, उहाँले भन्नुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग र आधुनिकताले नातिनातिना र हजुरबुबा हजुरआमाबीचको सम्बन्ध टुट्दै गएकाले सामिप्यता र आत्मियता हराउँदै गएको धारणा राख्नुभयो । “समाजले संयुक्त परिवारबाट एकात्मकतातिर बढावा दिँदै गएको छ, यसले हाम्रो संस्कार, संस्कृति र सभ्यतामाथि प्रहार हुँदै गएको छ”, उहाँले भन्नुभयो ।

मन्त्री खरेलले नयाँ पुस्ता र ससाना नानीबाबुलाई राम्रो सभ्यता र संस्कार सिकाउन विद्यालयले पनि जोड दिनुपर्नेमा बताउनुभयो । उहाँले असल संस्कारले असल नागरिक बनाउने भन्दै असल नागरिकले समाज र मुलुकलाई सफल बनाउने धारणा राख्नुभयो ।रासस




भर्खरै