२ भाद्र २०८३, मंगलवार
,
Latest
साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिटी सेन्टर



अ+ अ-

-सुजाता केसी 
म कम्युनिटी सेन्टर हुँ नेपालहरुको
म शीतले भिजेको छु, नाङ्गो छु, खुला डाँडामा छु

मलाई ओत लगाइदेउ केवल म जमिन मात्र छु
म नेपालीहरुको नाम हुँ सन्तान अनि पुस्ताको सम्पति हुँ
हजारौं हातले समाउ एकै मुटु बनेर उठाउ ।

हे नेपालीहरु एक्लो नपार मलाई, समाज चाहिन्छ
म आतिन थालिसके डराइसके अनि रुन थालिसके
मलाई साथ देउ, हात देउ, सबैको माया देउ
टाढाबाट मलाई औंला र आँखाले मात्र केवल घोच्ने नगर
म कम्युनिटी सेन्टर हुँ नेपालीहरुको एकमात्र छाती हुँ

हजारौं हातले समाउ एकै मुटु बनेर उठाउ ।
म नेपालीहरुको साइनो हुँ, गवाइ दिने परिचय हुँ
मलाई नेपाली झण्डा बोकाउ अनि लालीगुराँस फुलले सजाउ
के गुनिरहेका छौ निष्ठुरी बनि, किन भुल्दै छौ प्रतिकारबादी बनी
म सगरमाथा हुँ, म गौतम बुद्ध हुँ म प्रवासी नेपालीको माया हुँ ।




भर्खरै