• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   यस्तो सरल जीवनः ४०० करोडको मालिक यी स्टार चप्पल लगाएर बस–रेलमा हिँड्छन् ★   ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार ★   चेन्नईका कप्तानको खुलासा – हामी हाम्रो कमजोरीले हारेका होइनौं, शीतका कारण हार्यौँ ★   धनकुटाको कोसेली नरिवल बिस्कुट ★   प्रधानमन्त्री र कतारका अमिरबीच द्विपक्षीय वार्ता : नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह ★   आज क्रिकेटका बादशाह सचिनको जन्मदिन, तोड्न असम्भव जस्तै रहेका उनका ६ रेकर्डहरु ★   तातो हावा ‘लू’बाट बच्न के गर्ने ? ★   कतारका अमिर स्वदेश फिर्ता ★   च्याम्पियन्स ट्रफी २०२५ मा खेल्न भारतीय टोली पाकिस्तान नजाने ! ★   दिल्लीको ल्याण्डफिल साइटमा आगलागी

कम्युनिटी सेन्टर



-सुजाता केसी 
म कम्युनिटी सेन्टर हुँ नेपालहरुको
म शीतले भिजेको छु, नाङ्गो छु, खुला डाँडामा छु

मलाई ओत लगाइदेउ केवल म जमिन मात्र छु
म नेपालीहरुको नाम हुँ सन्तान अनि पुस्ताको सम्पति हुँ
हजारौं हातले समाउ एकै मुटु बनेर उठाउ ।

हे नेपालीहरु एक्लो नपार मलाई, समाज चाहिन्छ
म आतिन थालिसके डराइसके अनि रुन थालिसके
मलाई साथ देउ, हात देउ, सबैको माया देउ
टाढाबाट मलाई औंला र आँखाले मात्र केवल घोच्ने नगर
म कम्युनिटी सेन्टर हुँ नेपालीहरुको एकमात्र छाती हुँ

हजारौं हातले समाउ एकै मुटु बनेर उठाउ ।
म नेपालीहरुको साइनो हुँ, गवाइ दिने परिचय हुँ
मलाई नेपाली झण्डा बोकाउ अनि लालीगुराँस फुलले सजाउ
के गुनिरहेका छौ निष्ठुरी बनि, किन भुल्दै छौ प्रतिकारबादी बनी
म सगरमाथा हुँ, म गौतम बुद्ध हुँ म प्रवासी नेपालीको माया हुँ ।