३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अमेरिकामा कोरोना संक्रमण १८ प्रतिशतले बढ्यो

अमेरिकामा कोरोना संक्रमण १८ प्रतिशतले बढ्यो
अ+ अ-

वासिङटन । संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताका तुलनामा यो हप्ता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अघिल्लो हप्ताका तुलनामा यो हप्ता बढेका संक्रमितको संख्या १८ प्रतिशत पुगेको हो । 

यहाँको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडीसीले जनाएअनुसार यहाँ हरेक दिन कम्तीमा पनि ९० हजार जना संक्रमित हुने गरेका छन् । सो सेन्टरद्धारा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट यहाँका ९२ हजार ८०० जना संक्रमित भएका छन् ।  

उनीहरुक अनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ९० हजार जनामा यो भाइरसको संक्रमण भेटिने गरेकोे छ । अघिल्ला सात दिनभन्दा यो हप्ता यहाँ ९० हजारको हाराहारीमा यी संक्रमित भेटिएका छन् ।  तर सोमबार भने यसमा बृद्धि भएको हो । त्यसैगरी सो सेन्टरको तथ्यांकअनुसार यहाँ हरेक दिन अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दै गएको छ । 

स्वास्थ्य अधिकारीहरुका अनुसार यहाँ प्रत्येक दिन कम्तीमा पनि ६ प्रतिशतका दरले अस्पताल भर्ना हुने नागरिकको संख्या बढिरहेको छ । पछिल्ला दिनहरुमा यसरी संक्रमित तथा मृत्यु हुनेको संख्या नै बढ्दै गएको देखिएको हो ।यहाँ कोभिड विरुद्धको खोप लगाउने संख्या भने धेरै छ । उक्त सेन्टरका अनुसार यो खोप नलगाउने व्यक्तिलाई लगाउनेलाई भन्दा संक्रमण सर्ने ६ गुणा बढी डर हुन्छ । 

त्यसैगरी खोप नलगाउने व्यक्तिको मृत्यु दर पनि लगाउनेको भन्दा कम्तीमा पनि १४ गुणा बढी मृत्युको सम्भावना रहन्छ । (रासस-सिन्ह्वा)