२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काग कराउदा ५ शब गायब



अ+ अ-

भारतको बिहार स्थीत पूर्णिया जिल्लामा एक काग कराउदा पाँचवटा शब हराएको समाचार यतिबेला सामाजिक संञ्जालमा भाईरल भइरहेको छ । यो घटना घट्ने बित्तिकै प्रहरीले छानबिन शूरु गरेको जनाएको छ ।

पूर्णियाको यस क्षेत्रमा गरीब हिन्दु परिवार परम्परादेखि नै शवलाई खाल्टो खनेर पुर्ने काम गर्दै आएका छन् । यो घटना घट्ने दिन पनि उनीहरु शव पूर्न खाल्टो खन्दै थिए । तर यसै क्रममा एक काग कराउने बित्तिकै शव नै गायब भएको उनीहरुले बताएका छन् ।

सो क्षेत्रका प्रहरी अधिकृत मनोज कुमारले घटनाको छानबिन भइरहेको जनाएको छ । बिहार क्षेत्रमा यसरी शव गायब भएको यो पहिलोपटक भने होइन । बर्ष २०१२ मा पनि आगाटोला र अररिया जिल्लामा पनि यसरी यसरी शव हराएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

प्रहरीले यो घटनाको छानबिन भैरहेको भन्दै यसमा तस्करहरुको हात हुनसक्ने बताएको छ । काग कराएको कारण नभई तस्करहरुले यसरी शव चोरेर पश्चिम बंगाल र नेपालका अस्पतालका मेडिकल कलेजमा सप्लाई गरेको हुनसक्ने बताएका छन् ।