• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

अदालतमा भन्दा मन्दिरमा विश्वास, मन्दिरमा मुद्दाको चाङ



बाजुरा जिल्लाको कोल्टी गाविसमा रहेको तलिगोठी कैलाशको मन्दिरमा विसं १९९० भन्दा अगाडिका मुद्दा छानविन हुन बाँकी रहेको खुलासा भएको छ । अहिलेको २१औँ शताब्दीका मान्छेले देवताको आस्था भुली नास्तिक वनेकाले यो सत्यता नमान्लान् तर सेती, महाकाली, कर्णाली अञ्चल र भारतका केही ठाउँका जनताका लागि यो न्यायिक आस्थाको धरोहरका रुपमा चिनिने गरेको छ ।

कैलाशको मन्दिरमा दिनमा चारभन्दा बढी मान्छेका मुद्दामाथि बहस हुने गर्छ भने त्यतिले नै त्यस धाममा तारिख लगाउने र उजुरी गर्ने गर्दछन् । सरकारी अदालतमा भन्दा त्यस धाममा बढी उजुरी रिट गर्न गएको अवस्था हुन्छ ।

ती देउताले नेपालको राजनीतिक अवस्था र भविष्यमा हुने खतराका बारेमा समेत भविष्यवाणी गर्ने र ज्यानमारा, जग्गासम्वनधी मुद्दा, कुटपिट, न्यायिक, चोरी डकैती, हाडनाता, जबर्जस्ती करणी र सन्तानका भोकालाई सन्तानको बरसमेत दिने गरेको जनविश्वास यस क्षेत्रमा आएका श्रद्धालु बताउँछन् । विसं १९९० मा जग्गासम्वनधी मुद्दा परेका बझाङ जिल्ला चौधारी गाविसका भीमबहादुर थापा भन्छन्, “बुबाको पालामा मेरो जग्गा खाएको हुँदा सो फिराद गरेको हुँ ।

“बुबालाई गाउँका ठालुले अदालतमा मुद्दा दिएर घुस खुवाएर मुद्दा जितेपछि बुबा तलिगोठी कैलाशमा पुगेको बताउनुहुन्थ्यो, त्यसको तारिख लगाउन आएको छु । देउताले अपराधीलाई बोलाउँछु भनेर बसेको छु । अर्को रु १२ को पनि मुद्दा छ, त्यसको छिनोफानो गर्न आएको हँु”, थापा भन्छन् ।

त्यसैगरी, पाँच वर्ष अगाडि श्रीमतीको मुद्दा परेका कोल्टीका धनरुप जोशी भन्छन्, “हामीले अदालतमा जाने हो भने पहँुच पुग्दैन, केही कागजपत्र मिलाउन पनि जान्दैनाँै, खर्च बढी हुन्छ । बाठाले जित्छन्, हामीले निसाफ पाउँदैनौँ, त्यसैले यस ठाउँमा कागजपत्र केही गर्नु पर्दैन सजिलो छ ।”

गरिब र पीडामा परेका मान्छेको पक्षमा फैसला हुनेहँुदा हामीले यस ठाउँमा फिराद गरेका थियौँ, आज दोषीलाई समातेर ल्याएपछि फैसला भयो चित्त बुझ्यो– उनी भन्छन् । “पैसा हुनेले मात्र सरकारी अदालतमा काम गर्न सक्छन्, खर्चिलो छ । हामीजस्ताका लागि यो ठीक छ, सही निसाफ पाइन्छ । सबै गरिब जनता यस ठाउँमा आउने गरेका छन्”, उनी भन्छन् ।

यो धाममा यस्तो सत्यता भए पनि यस ठाउँका जनताको समस्या आफ्नै खालको छ । आउने सबै दर्शनार्थीको सेवासुविधा धामीले नै व्यहोर्नुपर्ने हुन्छ । खान बस्न सबै आफँैले व्यहोर्नुपर्ने अवस्था रहेको तलिगोठी कैलाशका धामी मोतीलाल रोकायाको गुनासो छ ।

सरकारले त्यस क्षेत्रका लागि केही गरेको अवस्था देखिँदैन । तथापि दुई वर्ष पहिले तलिगोठीमा मन्दिर वनेको छ । यस ठाउँमा आउने ताडिकेहरु र कैलाशको कारबाहीमा परेकाहरु बस्न धर्मशाला निर्माण गरेमा मात्र जनताले सेवा पाउने थिए । सबै जनतालाई दैनिक खाना खानका लागि अहिले समस्या छ । त्यो समाधानका विषयमा राज्यले सोच्न जरुरी छ ।