• १३ मंसिर २०७९, मंगलवार
  •      Tue Nov 29 2022
Logo
Latest
★   अमेरिकी फ्रिडम पार्टीको घण्टी यहाँ पनि आयोः ओली ★   सबै दल मिलेर सार्वजनिक तथा सरकारी जग्गा सखाप नै पार्ने भए: पूर्वसचिव शारदाप्रसाद त्रिताल ★   पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोड्दै विमानस्थल ★   यु-१९ राष्ट्रिय क्रिकेट: प्रदेश-१ विजयी ★   महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौँः राष्ट्रिय भूमि आयोग(भिडीयोसहित) ★   थापाथलीको सुकुम्बासी बस्ती आज दोस्रो दिन पनि अशान्त ★   पहिलो जितको खोजीमा आयोजक कतार, अमेरिकालाई इरानको चुनौति ★   सुकुम्बासी वस्तीमा भएको झडपका घाइते नगरप्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार ★   बाराही हाइड्रोपावरको आइपिओ आउँदै ★   सुन्तलाखेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली

लगातार ६ वटा गीतमा नाच्न सक्छु -रोमा न्यौपाने




इटहरीको सुनसरीमा जन्मिएकी रोमा न्यौपानेले ८ बर्षको उमेरमा बस दुर्घटनामा परी एउटा खुट्टा गुमाउन पुगिन् । आर्थीक अभाबले उच्च शिक्षा पढ्दै गर्दा पढाईलाई निरन्तरता दिन नसकेकी उनी यतिबेला भने आफ्नो कला देखाएर देश बिदेसका बिभिन्न साँस्कृतिक कार्यक्रममा व्यस्थ छिन् । एउटा खुट्टाकै भरमा उनले गरेको नृत्यले देश बिदेसमा धेरैको मन जितेको छ । एउटै कार्यक्रममा एकै दिनमा ६ वटासम्म गीतमा नाच्न सक्ने रोमासँग अनलाईन चौतारीले गरेको कुराकानीको सम्पादित अंश

तपाईको कलाकारीता कस्तोरुपमा चलिरहेको छ ?

राम्रो चलिरहेको छ । बिभिन्न ठाँउहरुमा भैरहेका कार्यक्रमहरुमा आफ्नो प्रस्तुतिहरु प्रस्तुत गरिरहेको छु । यस बर्षको अपाङ्गता दिवशको अवशरमा पनि मैले धेरै सम्मानहरु पाए । यस बिचमा धेरै दर्शकहरुको पनि मन जितेको छु जस्तो लाग्छ ।

अपाङ्गता दिवशको अवशरमा कहाँ कहाँ के कस्ता कार्यक्रमहरु गर्नुभयो ?

नेपालभर बिभिन्न तरिकाले अपाङ्गता दिवश मनाइयो । तर मैले यस पटकको अपाङ्गता दिवश छुट्टै किसिमले मनाउने सोचका साथ सेन्टर जेलमा बन्धी महिला दिदिबहिनीहरुमाझ एउटा साँस्कृतीक कार्यक्रम गर्न पहल गरेको थिए । बन्दी महिलामा सकारात्मक सोचको बिकास होस् भन्ने सोचले त्याहाँ एउटा राम्रो कार्यक्रम सम्पन्न गर्यौं ।

महिला बन्धीहरुको अबस्था कस्तो रहेछ त ?

हामीलाई बाहिरबाट हेर्दा राम्रै होला जस्तो लाग्छ । तर त्याहाँ भित्र गएर हेर्दा वहाँहरुको अबस्था सोचेभन्दा धेरै फरक छ । वहाँहरुको दुख वहाँहरुलाई नै थाहा छ । हामीले कार्यक्रम गरिन्जेल कतिजना रोएर, कतिजना हाँसेर खुसी व्याक्त गर्नुभयो । हाम्रो कार्यक्रम अवधीभर संपूर्ण दुख कष्ट बिर्सिएर रमाइलोको साथ हाम्रो कार्यक्रममा सहभागी हुनुभयो । नीरु खड्काको कमेडि, मेरो तीन वटा डान्स, कविता, गीत र गजलहरुमा बन्दी महिलाहरुले रमाइलोसँग साथ दिनुभयो ।

एउटै खुट्टाको भरमा तीनवटा गीतमा डान्स गर्दा थकानको महशुस हुँदैन ?

देश बिदेसमा मैले धेरै सोहरु गरेको छु । कोरीयामा एउटै कार्यक्रममा एकै दिनमा ६ वटा गीतमा डान्स गरेको छु । दैनीक ६,७ वटा गीतसम्ममा लगातार नाच्न सक्छु । नाचेकै कारण त्यती धेरै थकानको महशुस गरेको छैन । पहिला पहिला डान्स नसिक्दै एकदमै थकानको महसुस हुन्थ्यो । अहिले मेरो गुरु केशव सापकोटासँग डान्स सिकेपछि थकानको महशुस नै हुँदैन । प्रस्तुती दिदै गर्दा एकदमै इनर्जी आउँछ ।

तपाईले कसरी आफ्नो एउटा खुट्टा गुमाउनुभयो ?

मेरो घर इटहरीको सुनसरी हो । सानोमै विद्यालय जादा गाडिले किचेर देब्रे खुट्टा गुमाए । त्यतिबेला म मात्र ८ बर्षको थिए ।

त्यसपछि पढाईलाई निरन्तरता दिनुभयो ?

त्यतिबेला म एक कक्षामा पढ्थे । दुर्घटना भएपछि ६ बर्षसम्म हस्पिटल बस्नु पर्यो । त्यसपछि घरमा आएपछि बैशाखीको साहरामा हिड्न सिक्न थाले । बैशाखीमा हिड्न नजानेर धेरैपटक लडेको थिए त्यतिबेला । एक बर्षपछि फेरी विद्यालय जान थाले । एसएलसी पास भएपछि काठमाडौंमा आए र त्यपछिको उच्च शिक्षाको लागि पैशा नभएर अध्ययन गर्नै पाइन । शूरुका दिनहरुमा काठमाडौंमा खान र बस्नै धै धै भएकोले पढाईमा मनै जान सकेन ।

तपाईलाई आफूमा नाच्न सक्ने कला छ भन्ने कहिले फिल गर्नुभयो ?

सानोमा पनि म रेडियोमा बजेका गीतहरुमा घर भित्रै नाच्ने गर्थे । सार्वजनीक रुपमा सबैलाई थाहा हुने गरी काठमाडौं आएपछि प्रज्ञा भवनमा पहिलो शो देखाएकी थिए । मेरो प्रस्तुतीलाई मिडियाले पनि राम्रो प्रचार गरिदिनुभयो । दर्शकहरुले पनि मन पराईदिनु भयो । त्यसपछि रोमाले एउटै खुट्टाले पनि नाच्न सक्छे भन्ने सबैलाई थाहा भयो । त्यसपछि बिभिन्न संघ संस्थाहरुबाट बिभिद कार्यक्रममा प्रस्तुतीको लागि आमन्त्रण गर्न थाल्नुभयो ।

त्यतिबेला तपाईले डान्स सिकिसक्नुभएको थियो ?

त्यतिबेलासम्म मैले डान्स सिकेको थिइन । घरमा प्राक्टिश गरेको आधारमा त्यो स्टेज शो गरेको हुँ । त्यो नाच सबैले मन पराइदिए पछि मलाई थप राम्रो गर्न हौसला मिल्यो । त्यतिबेला त्यो नाच नाचेबापत मैले ८ सय रुपैया पाएको थिए । त्यो मेरो जीवनकै पहिलो कमाई थियो । त्यहि हौसलाले आज यहाँसम्म आइपुगेको छु । पैसा नै ठूलो कुरा होइन । एउटा प्रेरणको श्रोत बनेर आज आफ्ना साथीहरुको अगाडि उभिएको छु । यसमा खुसि लाग्छ । त्यसपछि कामलाई अझै प्रभाबकारी बनाउनुपर्छ भनेर डान्स सिक्न थालेको हुँ ।

तपाईजस्तै अन्य अपाङ्गग साथीहरुलाई तपाईको सन्देश के छ ?

हरेक ब्याक्तिमा फरक फरक क्षमता हुन्छ । आफ्नो क्षमता अनुसार हामी अगाडि बढ्नु पर्छ । हामीले अपाङ्गता भएका व्याक्तिहरुको रोजगारीको लागि पहल गर्नुपर्छ । अपाङ्गता दिवशको दिन मात्र होइन, प्रत्येक दिन अपाङ्गता भएकाहरुको हक हितको बिषयमा आवाज उठाउनु पर्छ । अपाङ्ग साथीहरुलाई घरमै बसेर होइन आफूमा भएको क्षमता समाजको अगाडि ल्याउनु भन्न चाहन्छु । अपाङ्ग साथीहरुलाई मागेर खान नपरोस् । कोहिपनि व्याक्ति क्षमता अनुसारको काम गरेर खान खोज्छ भने उसको क्षमताको कदर हुनुपर्छ ।

तपाईलाई आफ्नो कलाको सम्मान भए जस्तो लाग्छ ?

नेपालका दाजुभाई दिदिबहिनीहरुले मेरो कलालाई एकदमै सपोर्ट गरिदिनुभएको छ । आज म आफ्नै कला मार्फत रोमा न्यौपाने भनेर सबैमाझ परिचित छु । यस हिसाबले मेरो कलाको सम्मान भएको महशुस हुन्छ मलाई ।

कार्यक्रमको शिलशिलामा कुन कुन देश पुग्नुभएको छ ?

बिदेशको स्टेजमा इजरायलमा मैले पहिलो प्रस्तुति प्रस्तुत गरेको थिए । इजरायली राजदुतले मलाई त्यो कार्यक्रमको लागि पहल गरिदिनुभएको थियो । कुवेत, कतार, हङ्कङ, दुवई, अष्ट्रेलिया लगायतका नेपालीहरुको बसोबास रहेका धेरै मुलुकहरुमा आफ्नो प्रस्तुती लिएर पुगेको छु ।

तपाईको नाममा संञ्चालीत VAD संस्थाले गैह्रकानुनी काम गरेको आरोप छ नी ? त्यो बास्तबमा के हो ?

यो घटनाप्रती मलाई पनि अचम्म लागेको छ । मैले अहिलेसम्म कसैको पैसा लिएको पनि छैन । यो व्यापारको नाममा मेरो कलाकारिता र अपाङ्गतालाई किन मुछिएको छ ? म आफै छक्क परेको छु । यो संस्था मेरो श्रीमानको हो । नाममात्र मेरो थियो । काम सबै मेरो श्रीमानले गर्ने गर्नुहुन्छ । वहाँहरुको बिजनेसमा के खटपट भयो र यी कुराहरु आईरहेका छन् । सम्बन्धीत ठाँउमा यस सम्बन्धी काम कारबाहिको प्रकृया अगाडि बढेको छ । यो केशमा मेरो कला र अपाङ्गता मुच्ने काम नहोस् भन्ने चाहन्छु । त्यस्तो केहि कुरामा भ्रम छ भने हामी सबै बसेर छलफल गर्न सक्छौं । त्यसैले सम्बन्धीत सबैमा यो बिषयमा छलफल गरेर समाधानको बाटोमा लागौं, हल्लाको पछि नलागौं भन्न चाहन्छु ।