२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नीमा तामाङ ल्होछारको भव्य तयारी



अ+ अ-

सिड्नी । सिड्नीमा तामाङ ल्होछार साँझको भव्य तयारी भैरहेको छ । तामाङ सोसाइटी अफ एनएसडब्लु को आयोजनामा आगामी जनवरी २४ तारिखमा हुने तामाङ ल्होछारको तयारी अहिले देखि नै भैरहेको हो ।
नेपालबाट अष्ट्रेलियामा पुगेका तामाङ समुदायका अगुवाहरु रहेको सोसाइटीले सन् २००९ देखि नै प्रवास भूमि सिड्नी, अस्ट्रेलियामा तामाङहरुको भाषा, धर्म, लिपि, कला र संस्कृतिको विकाश, सम्बर्धन र संरक्षणको लागि योगदान पु-याउँदै आएको छ ।
त्यसैको निरन्तरता स्वरुप यो बर्ष पनि ल्होछार पर्व का अवसरमा ल्होछार साँझ मनाउन लागिएको आयोजकले जनाएको छ ।
आफ्नो नया बर्ष लाई सिड्नी वासी सम्पूर्ण नेपालीहरुलाई एकै स्थानमा आमन्त्रण गरि भव्य ताका साथ “ल्होछार”मनाउन थालिएको नेपाली तामाङ सोसाइटी सिड्नीका अध्यक्ष अरुण तामाङले जानकारी दिए । आयोजकले कार्यक्रममा उपस्थित हुन अष्ट्रेलियाको सिड्नीमा रहेका सबै नेपालीहरुलाई आग्रह गरेको छ ।
कार्यक्रममा सिड्नीका स्थानीय कलाकारहरुका साथै सेलोकी मास्टर चन्द्र दोङ तथा शशिकला मोक्तानको बिशेष प्रस्तुति पनि रहने भएको छ ।
यस्तै, तामांग नेपालीहरुले चन्द्र पात्रो लाई आधार मानेर मनाउने यो नया वर्षलाई ” Sheep of the year ” को रुपमा पनि मनाउने गरिएको छ ।
तामाङ सोसाइटी अफ एनएसडब्लुले सम्पूर्ण देश तथा विदेशमा रहने तामाङ् नाना, आङ, ज्यो ज्यो, आले लगायत सबै नेपाली दाज्यु भाई तथा दिदीबहिनीहरुलाई २८५१ औँ सोनाम ल्होछारको अवसरमा शुभकामना पनि व्यक्त गरेको छ ।