• १६ मंसिर २०८०, शनिबार
  •      Sat Dec 2 2023
  •   Unicode
Logo
Latest
★   पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैनः प्रधानमन्त्री ★   रणवीरको ‘एनिमल’ले पहिलो दिन कति कमायो ? ★   दुर्घटनामा दुई जनाको मृत्यु ★   नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई ★   जलवायु परिवर्तनबाट पीडित देशलाई अमेरिकासहित ५ देशले कति गरे सहयोग ★   टिकट चोरीको घटनामा थप एक जना पक्राउ ★   लामा वाङचुक राप्तेनलाई ‘काइन्डनेस एण्ड लिडरसिप’ अवार्ड ★   पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा पाकिस्तानमा दुई जनाको मृत्यु ★   अराजकता फैलाउनेलाई छुट दिन सकिँदैनः उपप्रधानमन्त्री श्रेष्ठ ★   एमालेको महाकाली-मेची अभियान: मध्यपहाडीलोकमार्गको दूरी छोट्याउन इन्जिनियरसहितको टोली परिचालन

कुवेतबाट फर्केर बाख्रापालन व्यवसायमा



बागलुङ, २४ मंसिर । विदेश छिरेका खुङ्गा गाविसका युवा स्वदेश फर्केर व्यावसायिक बाख्रापालनतिर लागेका छन् । रोजगारीका लागि कुवेत पुगेका खुङ्गा–२ का गणेश थापा, लिलाजङ छन्त्याल्लगायतले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् ।

विदेशमा खर्चने जति दुःख र मेहनतले स्वेदशमै आत्मनिर्भर हुन सकिन्छ भन्ने विश्वासका साथ युवाहरूले व्यावसायिक बाख्रापालन गर्न थालेका हुन् । खुङ्गा–२ मा ढोरपाटन कृषि तथा पशुपालन समूह बनाएर उनीहरू कृषि उद्यमतिर अग्रसर बनेको समूहका अध्यक्ष गणेश थापाले जानकारी दिए ।

पहिलो चरणमा २५ वटा स्थानीय जातका बाख्राबाट व्यवसाय सुरु गरेकोमा अहिले बाख्राका सङ्ख्या थपिएको छ । स्थानीय नौजना युवाहरू समूहमा आवद्ध भएपनि बाख्रापालनका लागि चारजनाले लगानी गरेका छन् । सुरुमा रु चार लाख १७ हजार लगानी भएको अध्यक्ष थापाले बताए ।

बाख्रा विस्तार गर्ने, बजारीकरण गर्नेसँगै व्यावसायिक तरकारी खेती पनि सुरु गर्ने तयारीमा रहेको बताइएको छ । समूहले व्यवसायबाट आउने कुल नाफाको ५० प्रतिशत समुदाय विकासमा खर्चने उद्देश्य पनि राखेको छ । बाख्रापालन सुरु भएपछि दुई जना स्थानीयले रोजगारीसमेत पाएका छन् ।

व्यावसायिक कृषि अपनाउने समूहलाई अनुदान, प्रविधि सहयोग गरिने कृषि प्रसार अधिकृत विप्लब अधिकारीले बताए ।