• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक ★   त्रिवि मैदानमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टोली (फोटोफिचर) ★   प्रचण्ड गर्मीकाबीच भारतमा दोस्रो चरणको मतदान सुरु ★   समीरको ‘पैसाको उडान’ बजारमा ★   जनताको आवश्यकता पुरा गर्न राजनीतिक दल संवेदनशिल हुनुपर्छः सांसद इन्दिरादेवी गौतम  ★   उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने ★   २८ सहसचिवको सरुवा (सूचीसहित) ★   विकराल बन्दै डढेलो ★   बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँः प्रधानमन्त्री ★   नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर

अवैध सामानसहित भारतीय नागरिक पक्राउ



भन्सार छलेर ल्याइएका अवैध सामानसहित दुई भारतीय नागरिक बुटवलमा पक्राउ परेका छन् ।

बुटवल–६ आदर्शनगरमा एक घर भाडामा लिई चोरीका सामान आपूर्ति गर्दै आएका भारतीय नागरिक दिनेश राय र सोनु शुक्लालाई वडा प्रहरी कार्यालय बुटवलको टोलीले आज पक्राउ गरेको प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए।
गैरकानुनी धन्दा सञ्चालन भएको हुनसक्ने आशङ्कामा सादा पोसाकका प्रहरी परिचालन गरिएको थियो।
प्रहरीले छापा मार्दा किराना पसलका लागि आवश्यक पर्ने इलेक्ट्रोनिक, कस्मेटिक, सुर्तीजन्य वस्तु, विभिन्न प्रकारका तेल, कपुर, ऐना, चकलेटलगायतका सामान भेटिएको पनि प्रहरी निरीक्षक पन्तले जानकारी गराए।
घरमा प्रहरीले छापा मारी करिब रु पाँच लाख बराबरको सामानसहित उनीहरुलाई पक्राउ गरेको हो । अवैधरुपमा धन्दा चलाउनेले साइकलमा सीमापारीबाट सामान ल्याउने र नक्कली बिल बनाएर पहाडी जिल्लामा पठाउने गरेको प्रहरीले जनाएको छ ।
केही समययता पिछा गरेको प्रहरीले आज साइकलमा सामान ल्याउँदै गरेका उनीहरुलाई बुटवलको योगिकुटीबाट पिछा गरेर दिउँसो मात्र पक्राउ गर्न सफल भएको हो ।
खुला सिमानाको फाइदा उठाई भारतको विहारस्थित छपरा घर बताउने उनीहरुले दश वर्षयता बुटवलबाट यो धन्दा सञ्चालन गरेको स्वीकार गरेका छन् । रासस