९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध सामानसहित भारतीय नागरिक पक्राउ



अ+ अ-

भन्सार छलेर ल्याइएका अवैध सामानसहित दुई भारतीय नागरिक बुटवलमा पक्राउ परेका छन् ।

बुटवल–६ आदर्शनगरमा एक घर भाडामा लिई चोरीका सामान आपूर्ति गर्दै आएका भारतीय नागरिक दिनेश राय र सोनु शुक्लालाई वडा प्रहरी कार्यालय बुटवलको टोलीले आज पक्राउ गरेको प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए।
गैरकानुनी धन्दा सञ्चालन भएको हुनसक्ने आशङ्कामा सादा पोसाकका प्रहरी परिचालन गरिएको थियो।
प्रहरीले छापा मार्दा किराना पसलका लागि आवश्यक पर्ने इलेक्ट्रोनिक, कस्मेटिक, सुर्तीजन्य वस्तु, विभिन्न प्रकारका तेल, कपुर, ऐना, चकलेटलगायतका सामान भेटिएको पनि प्रहरी निरीक्षक पन्तले जानकारी गराए।
घरमा प्रहरीले छापा मारी करिब रु पाँच लाख बराबरको सामानसहित उनीहरुलाई पक्राउ गरेको हो । अवैधरुपमा धन्दा चलाउनेले साइकलमा सीमापारीबाट सामान ल्याउने र नक्कली बिल बनाएर पहाडी जिल्लामा पठाउने गरेको प्रहरीले जनाएको छ ।
केही समययता पिछा गरेको प्रहरीले आज साइकलमा सामान ल्याउँदै गरेका उनीहरुलाई बुटवलको योगिकुटीबाट पिछा गरेर दिउँसो मात्र पक्राउ गर्न सफल भएको हो ।
खुला सिमानाको फाइदा उठाई भारतको विहारस्थित छपरा घर बताउने उनीहरुले दश वर्षयता बुटवलबाट यो धन्दा सञ्चालन गरेको स्वीकार गरेका छन् । रासस