३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar संघर्षका सात बर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

तोलाको ३० हजार भन्दा कम हुन सक्छ सुनको मूल्य – बिश्लेशक

तोलाको ३० हजार भन्दा कम हुन सक्छ सुनको मूल्य – बिश्लेशक
अ+ अ-

एजेन्सी । १३ साउन।

पछिल्लो समयमा सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । सुनको मूल्य गत ४ वर्ष यताकै तल्लो विन्दुमा छ । अन्तराष्ट्रिय बजारमा पनि दशकमै सुनको मूल्य तल्लो विन्दुमा पुगेको छ ।

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ ।

विश्व चर्चित इन्भेष्टमेन्ट बैंक मोर्गन स्ट्यान्लीले आफ्नो रिपोर्टमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ८०० डलर प्रति औंस सम्म आउन सक्ने प्रक्षेपण गरेको छ ।

यसरी हेर्दा प्रति तोला सुनको मूल्य ३० हजार भन्दा कम हुने सम्भावना देखिन्छ । मोर्गन स्ट्यान्ली बैंकले आफ्नो रिपोर्टमा सुनको लागि अन्तराष्ट्रिय माहौल नै प्रतिकुल रहेको भन्दै सन् २००८ को स्तरमा जान सक्ने दावी गरेको छ ।

सन् २००८ मा सुनको मूल्य प्रति औंस ८०० डलर थियो । सन् २०१५ मा यो मूल्य औषतमा ११९० डलर रहने यो बैंकको प्रक्षेपण छ ।

गोल्डम्यान सेक्सका अनुसार अमेरिकाले ब्याजदर बढाउने तयारी गरेपछि डलर बलियो हुँदा सुनमा प्रतिकुल असर परेको हो । गोल्डम्यानले सुनको मूल्य १०० डलर प्रति औंस सम्म झर्ने अनुमान गरेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १३ वर्ष यताकै कम छ । चिनियाँ शेयर बजार र अमेरिकी सरकारको ब्याज बढाउने निर्णय अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घट्ने मुख्य कारण मानिएको छ ।

अमेरिकी केन्द्रिय बैंक फेडेरल रिजर्भले डलरलाई बलियो बनाएर सापटी लिने क्षमता वृद्धी गर्न चाहेपछि सुनको मूल्यमा भने ब्यापक प्रभाव परेको छ ।

सुन खरिद गर्दा भुल्नै नहुने ५ कुरा

सुनको मूल्य निरन्तर घटेपछि मानिसहरु सुन किन्न लालायित देखिन्छन् । कुनै बेला ६० हजार तोला भन्दा नघट्ने सुन अहिले ४५ हजारको आसपास पुगेको छ । मानिसहरु सुन किन्न तछाड मछाड गरिरहेका छन् ।

यहाँ सुन खरिद गर्दा ध्यान दिनु पर्ने ५ कुराको चर्चा गरिएको छ । यी कुरामा ध्यान निदिँदा सुन कारोबारमा घाटा खानु पर्ने अवस्था आउन सक्छ ।

१ मेकिङ चार्ज
सुनको मुल्य जति भएपनि हामीले गहना किन्दा त्यति नै मूल्यमा पाउँदैनौं । किन भने त्यसमा मेकिङ चार्ज जोडिएको हुन्छ । फरक फरक गहनामा यो मेकिङ चार्ज फरक फरक हुन्छ । तपाइँले कुनै पनि गहना खरिद गर्दा मेकिङ चार्जको विषयमा सँधै ध्यान दिनुस् । किन भने मेकिङ चार्जले तपाइँको गहना सस्तो हुने कि महंगो हुने भन्ने कुरा निर्धारण गर्छ । ध्यान दिनु पर्ने कुरा के हो भने तपाइँले सुन बेच्नु परेमा यो मेकिङ चार्ज पाउनु हुन्न केवल सुनको मुल्य मात्र पाउनु हुन्छ । सके सम्म कम भन्दा कम मेकिङ चार्ज भएको गहना खरिद गर्नुस् यसबाट तपाइँलाई घाटा पर्दैन । मेकिङ चार्ज बढी हुने गहनामा सुद्धताको समेत समस्या हुने गरेको छ ।

२ मेकिङ चार्ज ट्याग
बजारको अस्वस्थताका कारण पछिल्लो समयमा कतिपय ज्वेजर्सहरुले मेकिङ चार्जको ट्याग पनि लगाउँछन् । तर सुनको मूल्य तथा मेकिङ चार्जमा घटबढ भइरहन्छ । तसर्थ मेकिङ चार्जको ट्याग भएका गहना बेच्नेहरुले बेच्ने समयको ट्याग लगाइदिने हुँदा अर्डर गर्दा नै मेकिङ चार्जबारे प्रष्ट हुनु राम्रो हुन्छ । यो कुरामा ध्यान नदिने हो भने खरिद गर्ने समयमा अर्डर गरेको भन्दा महंगो पर्ने सम्भावना समेत हुन्छ ।

३ वेष्टेज चार्ज
सुनको मूल्य कम भएको समयमा पुराना गहना बेचेर नयाँ बनाउँ भन्ने सोंच्नु भएको छ भने तपाइँले विचार पुर्‍याउनु पर्छ । किन भने गहना बेच्नेहरुले गहना फिर्ता गर्दा वेष्टेज चार्ज लिन्छन् । सुनका गहनालाई बनाउँदा र प्रयोग गर्दा सुनमा क्षति भएको भन्दै ज्वेजर्सहरुले बेचेको मूल्यमा वेष्टेज चार्ज कटौती गर्छन् । यसो गर्दा कैयौं ग्राहकहरु त ठगिने समेत हुन्छ । गहना फिर्ता गर्नु अघि वेष्टेज चार्ज कति हो भनेर प्रष्ट भएपछि मात्र फिर्ता गर्नुस् अन्यता ठगिने खतरा हुन्छ । अझ कतिपय ज्वेलर्सले त ग्राहकहरुलाई तौलमै ठगी गर्ने गरेको समेत फेला पर्ने गरेको छ ।

४ सुनको सुद्धता
सुनका गहना खरिद गर्दा सबैभन्दा विचार पुर्‍याउनु पर्ने कुरा यसमा हुने सुद्धताको कुरा हो । सुन जति सुद्ध भयो त्यति नै फिर्ता गर्दा पनि उत्तिनै रकममा फिर्ता गर्न सकिन्छ । हरेक विक्रेताले आफ्नो सुन सुद्ध भएको दावी त गर्छन् तर यो दावी सत्य नहुने सम्भावना बढी हुनंछ । सुनमा बीआईएस 916 हलमार्कलाई अन्तराष्ट्रिय सुद्धताको मानक मानिन्छ । यस्तो मार्क भएको सुन ९१ दशमलव ६ प्रतिशत खरो अर्थात २२ क्यारेट सुद्ध भन्ने हुन्छ । नेपालमा अन्य धातु मिसावट भएको भएपनि सुद्ध सुनका गहना भनेर विक्री गर्ने गरेको भेटिएको छ ।

५ हलमार्क चार्ज
तपाइँले गहना खरिद गर्दा गहनाको मूल्य भन्दा अतिरिक्त पैसा समेत तिर्नु पर्छ । यसमा यसको सुद्धता जाँचको लागत समेत समावेस गरिएको हुन्छ । तर फरक फरक ज्वेलर्सले हलमार्को चार्ज भन्दै फरक फरक पैसा लिन्छन् । त्यसैले यो चार्ज तिर्नु पर्दा सँधै चनाखो हुनुस् । सबैतिर बुझेर मात्र हलमार्कको चार्ज तिर्नुस् ।