३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

चितवनका ७ जना केराखेती गर्ने कृषकले क्षतिपुर्ती वापतको विमा रकम पाए

चितवनका ७ जना केराखेती गर्ने कृषकले क्षतिपुर्ती वापतको विमा रकम पाए
अ+ अ-

साउन १४ ।
हावाहुरीका कारण नोक्सानी बेहोरेका चितवनका ७ जना केराखेती गर्ने कृषकले क्षतिपुर्ती वापतको विमा रकम पाएका छन् । केराखेती गर्ने कृषकले क्षतिपुर्ती स्वरुप विमा रकम पाएको यो चितवनमा नै पहिलो पटक हो । पूर्वी चितवनको रत्ननगर स्थित जयमंगलामा रहेको चितवन केरा उत्पादक संघकै कार्यालयमा विहीवार एक कार्यक्रमका बीच विमा रकम बराबरको चेक हस्तान्तरण्ँ गरिएको हो । फ्रुडेन्सियल इन्सोरेन्स प्रालिका शाखा प्रमुख सुजन श्रेष्ठले विमा रकम हस्तान्तरण्ँ गरेका हुन् । विमा रकम पाउनेमा ११ हजार रुपैया“ देखि ९ लाख रुपैया“ सम्म छ । सबैभन्दाबढी रकम जुटपानी गाविस वडा नं. ६ खोलेसिमलका गोविन्द दाहाल छन् । उनको ४ हजार ६ सय बोट हावाहुरीका कारण्ँ क्षतिभएको थियो । उनले क्षतिपुर्ती वापत ९ लाख २७ हजार ३३ रुपैया“को चेक प्राप्त गरे । यस्तै पदमपुरका कृष्ण्ँप्रसाद भट्टराईले ७९ हजार १ सय ७६ रुपैया“को चेक प्राप्त गरे । उनको ५ सय २ वटा केराको बोटमा हावाहुरीका कारण्ँ क्षतिपुगेको थियो । क्षतिभएको मध्ये २ सय १० वटा बोटको क्षतीपुर्तीवापत उनले सो रकम प्राप्त गरेका हुन् । विमा रकम पाउने अन्यमा पूर्वी चितवनकै संचार तामाङ उनले ७८ हजार ७ सय ४४ रुपैया“, खेलप्रसाद भट्ट उनले २१ हजार ७३ रुपैया“, रेवतीप्रसाद भट्ट उनले १५ हजार ४ सय ५४ रुपैया“ र हिमनिधि तिवारी रहेका छन् । उनले ११ हजार ६ सय ४० रुपैया“को चेक प्राप्त गरे । चेक हस्तान्तरण्ँ कार्यक्रममा बोल्दै सबैभन्दा धेरै विमारकम पाउने गोविन्द दाहालले प्राप्त विमा रकमले आफुहरुमा हौसला बढेको बताए । हावाहुरीले ठूलो क्षति बेहोरेको कृषकलाई केही राहत मिलेको भन्दै यस्ता खालका राहत र अनुदानको कार्यक्रमलाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने बताए । हावाहुरी स“गै बन्यजन्तुले समेत केराखेतीमा क्षति पुर्याउदै आएकोले यो विÈयलाई समेत विमाले संवोधन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले व्यवसायिक केराखेती गर्ने कृषक स्वयम पनि क्षति न्यूनिकरण्ँका लागि सचेत बन्न सकिने भएकाले त्यस खालका आधार तयार पार्न तर्फ लाग्न सुझाव दिए ।
कार्यक्रममा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष कल्याण्ँ जोशीले सरकारी सहयोगको विकल्पको रुपमा विमाको अवधारणा ल्याइएको जानकारी दिए । एक गाउ“ एक उत्पादन कार्यक्रम चितवनका संयोजक समेत रहेका अध्यक्ष जोशीले चितवनमा केरा उत्पादनको सम्भावना राम्रो भएपनि सरकारी उपेक्षाका कारण्ँ कृषकहरु पलायन हुने खतरामा रहेको बताए । अघिल्लो वर्ष भएको क्षतिको विषयलाई लिएर स्थानीय तहदेखि मन्त्रालय तह सम्म भिख भागे जस्तै गरी राहत खोज्नुपरेको पीडा स्मरण्ँ गर्दै अध्यक्ष जोशीले प्राकृतिक विपद्बाट क्षति कम गर्न विमा तर्फ उन्मुख हुन सबै कृषकलाई आग्रह गरे । केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले किसानलाई सहानुभुति मिल्ने भएकाले किसानलाई विमा गर्नै वानीको विकास गर्न आवश्यक रहेको वताए ।
कार्यक्रममा संघका प्राविधिक सल्लाहकार रामलाल श्रेष्ठ, प्रुडेन्सियल इन्सोरेन्स प्रालिका चितवन शाखा प्रमुख सुजन श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष घननाथ महतो, निवर्तमान अध्यक्ष यज्ञप्रसाद सुवेदी ( लक्ष्मण्ँ ) लगायतले बोलेका थिए । संघका अनुसार चितवनमा व्यवसायि केराखेती गर्ने ६ सय जना कृषक मध्ये ३३ जनाले मात्रै खेतीको विमा गराएका छन् । विमा गराउने मध्ये ३० जनाको खेतीमा यो वर्ष आएको हावाहुरीले क्षति पुर्याएको थियो । कृषकले फ्रुटेन्सियल इन्सोरेन्स प्रालि र नेपाल इन्सोरेन्स प्रालि गरी दुईवटा इन्सोरेन्स कम्पनी मार्फत विमा गराएका छन् । ति मध्ये फ्रुटेन्सियल इन्सोरेन्स प्रालिमा दर्ता गराउनेले विमा रकम प्राप्त गरेका छन् । भने अन्यले विमा रकम पाउने अझै अत्तोपत्तो छैन् ।