३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाहुनको संख्या घट्यो



अ+ अ-
  • कमल मादेन

जनसंख्याको बदलिँदो अवस्थासँगै नेपालमा जातजातिहरुको अवस्थितिमा उलटपुलट भएको छ । पछिल्लो तथ्यांक अनुसार पहाडे बाहुन र नेवार लगायतका केही जातिहरु घटेका छन् भने क्षेत्री, मधेसी, मुसलमान र कामीको जनसंख्या प्रतिशत घटेको छ । पहाडे जनजातिको पनि प्रतिशत घटेको छ ।

राष्ट्रिय जनगणना २०६८ ले १२५ जाति तथा समुदायहरुको पहिचान गरेको छ । तीमध्ये सबैभन्दा बढी संख्यामा आदिवासी जनजाति अन्तर्गत ६३ समुदाय सुचीकृत छन् । तिनको संख्याको ३५.८० प्रतिशत छ । तीमध्ये पहाड र हिमालका ४९ तथा तराईका १४ समुदाय समावेश छन् । तराईका जनजातिहरु भने देशभरका १ हजार १ सय ९७ गाविसमा शून्यको संख्यामा छन् ।

मधेसी अन्य जातअन्तर्गत ३५ समुदाय समेटिएको छ । दलित अन्तर्गत पहाडे र तराई दलित भनेर क्रमशः  ५ र १० समुदाय उल्लेख छ । ब्राह्मणमा पहाडे ब्राह्मण र मधेसी ब्राह्मण छुट्टाछुट्टै छ । मधेसी ब्राह्मणलाई तराई ब्राह्मण, कायस्त, नुराङ र राजपुत गरी ४ जातमा विभक्त गरिएको छ ।