२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दले पूर्वमा दैनिक चार अर्बको नोक्सान



अ+ अ-

मोरङ, भदौ ९ । मधेस केन्द्रित राजनीतिक दललगायतको निरन्तरको बन्दका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरसहित पूर्वाञ्चलमा दैनिक करिब रु चार अर्बको नोक्सान हुने गरिएको छ ।

एकपछि अर्को राजनीतिक दल र गैरराजनीतिक समूहले बन्द आह्वान गर्दा उद्योगी, व्यापारी, मजदुर र सर्वसाधारण समस्यामा परेका छन् । उद्योगी–व्यवसायीले बन्दको प्रतिकार गरे पनि उद्योगधन्दा, व्यापार–व्यवसाय खोल्ने वातावरण हुन नसक्दा उद्योगी व्यवसायी ‘गर या मर’ को स्थितिमा पुगेका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका पाँच सयभन्दा बढी उद्योगले औसतमा करिब रु १५ करोडको हाराहारीमा उत्पादन गर्ने गरेका छन् ।

बन्दका कारण उत्पादन ठप्प भएको छ । उद्योगमा राखिएको कच्चापदार्थ पनि नष्ट भएर जान थालेको छ । राज्य पक्षबाट शान्तिसुरक्षाको पूर्ण ग्यारेन्टी नहुँदा उद्योग बन्दकर्ताको निसाना बन्दै जान थालेको उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले बताउनुभयो ।
विद्युत्भार कटौतीले आक्रान्त बनेका उद्योग बन्दको मारमा पर्दा थला परेको अग्रवालको भनाइ छ । बन्दका कारण उद्योग कलकारखाना मात्रै हैन विराटनगरको बजार पनि ठप्प छ । विराटनगरको बजारले मात्रै पनि दैनिक रु चार करोडको हाराहारीमा खरिद–बिक्री गर्ने गरेको अग्रवालको भनाइ छ । निरन्तरको बन्दका कारण व्यवसायमै ताला लगाएर हिँड्ने अवस्था भएको विराट व्यापार सङ्घका अध्यक्ष रामजीवन अग्रवालले बताउनुभयो ।

ट्यामरेज शुल्क, मजदुर, कर्मचारीको तलब, बिजुली, पर्यटन, व्यापार, उद्योग, होटल सबै क्षेत्रको हिसाब गर्ने हो भने पूर्वाञ्चलमा मात्रै दैनिक रु दुई अर्बभन्दा बढी नोक्सानी व्यहोर्नु परिरहेको पूर्वाञ्चल उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क दुलालको भनाइ छ । अहिलेसम्म पूर्वाञ्चलमा रु १९ अर्बभन्दा बढीको नोक्सानी व्यहोरिसकेको पूर्वाञ्चल उद्योग वाणिज्य सङ्घको भनाइ छ । यो क्षेत्रका होटल सुनसान छन् । १० दिनयता यातायात, शैक्षिक संस्था, उद्योग व्यवसायसहित सबै क्षेत्र ठप्प छन् । यातायात बन्द हुँदा विराटनगरका सरकारी र निजी अस्पतालमा समेत बिरामीको चाप छैन । रासस