३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

बन्दले पूर्वमा दैनिक चार अर्बको नोक्सान

बन्दले पूर्वमा दैनिक चार अर्बको नोक्सान
अ+ अ-

मोरङ, भदौ ९ । मधेस केन्द्रित राजनीतिक दललगायतको निरन्तरको बन्दका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरसहित पूर्वाञ्चलमा दैनिक करिब रु चार अर्बको नोक्सान हुने गरिएको छ ।

एकपछि अर्को राजनीतिक दल र गैरराजनीतिक समूहले बन्द आह्वान गर्दा उद्योगी, व्यापारी, मजदुर र सर्वसाधारण समस्यामा परेका छन् । उद्योगी–व्यवसायीले बन्दको प्रतिकार गरे पनि उद्योगधन्दा, व्यापार–व्यवसाय खोल्ने वातावरण हुन नसक्दा उद्योगी व्यवसायी ‘गर या मर’ को स्थितिमा पुगेका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका पाँच सयभन्दा बढी उद्योगले औसतमा करिब रु १५ करोडको हाराहारीमा उत्पादन गर्ने गरेका छन् ।

बन्दका कारण उत्पादन ठप्प भएको छ । उद्योगमा राखिएको कच्चापदार्थ पनि नष्ट भएर जान थालेको छ । राज्य पक्षबाट शान्तिसुरक्षाको पूर्ण ग्यारेन्टी नहुँदा उद्योग बन्दकर्ताको निसाना बन्दै जान थालेको उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले बताउनुभयो ।
विद्युत्भार कटौतीले आक्रान्त बनेका उद्योग बन्दको मारमा पर्दा थला परेको अग्रवालको भनाइ छ । बन्दका कारण उद्योग कलकारखाना मात्रै हैन विराटनगरको बजार पनि ठप्प छ । विराटनगरको बजारले मात्रै पनि दैनिक रु चार करोडको हाराहारीमा खरिद–बिक्री गर्ने गरेको अग्रवालको भनाइ छ । निरन्तरको बन्दका कारण व्यवसायमै ताला लगाएर हिँड्ने अवस्था भएको विराट व्यापार सङ्घका अध्यक्ष रामजीवन अग्रवालले बताउनुभयो ।

ट्यामरेज शुल्क, मजदुर, कर्मचारीको तलब, बिजुली, पर्यटन, व्यापार, उद्योग, होटल सबै क्षेत्रको हिसाब गर्ने हो भने पूर्वाञ्चलमा मात्रै दैनिक रु दुई अर्बभन्दा बढी नोक्सानी व्यहोर्नु परिरहेको पूर्वाञ्चल उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क दुलालको भनाइ छ । अहिलेसम्म पूर्वाञ्चलमा रु १९ अर्बभन्दा बढीको नोक्सानी व्यहोरिसकेको पूर्वाञ्चल उद्योग वाणिज्य सङ्घको भनाइ छ । यो क्षेत्रका होटल सुनसान छन् । १० दिनयता यातायात, शैक्षिक संस्था, उद्योग व्यवसायसहित सबै क्षेत्र ठप्प छन् । यातायात बन्द हुँदा विराटनगरका सरकारी र निजी अस्पतालमा समेत बिरामीको चाप छैन । रासस