२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने

ताप्लेजुङ–पाँचथर सडकखण्ड फेरि अवरुद्ध, पहिरो पन्छाउन समस्या

ताप्लेजुङ–पाँचथर सडकखण्ड फेरि अवरुद्ध, पहिरो पन्छाउन समस्या
अ अ+ अ-

ताप्लेजुङ, भदौ १९ । दुई दिनदेखिको निरन्तरको वर्षाका कारण शनिबार राति झरेको पहिराले मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड फेरि अवरुद्ध बनेको छ ।

ताप्लेजुङ–८ दोखुमा पर्ने खोक्सेखोला छेउमा पहिरो अझै निरन्तर झरिरहेको छ । ताप्लेजुङ–कावेली सडक खण्डका विभिन्न ठाउँमा सानातिना दर्जनौँ पहिरो झरेका छन् ।

खोक्सेखोला नजिकै सडकमाथिबाट झरेको ठूलो पहिराले करिब ३० मिटर सडक पुर्दा बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताए ।

उप्रेतीका अनुसार पहिरो शनिबार बिहानसम्म झरिरहेको र सडकको पूरै भाग पुरिएर तलसम्म पुगेको छ । दुई दिनअघि सोही ठाउँमै झरेको पहिरो करिब सात घन्टा लगाएर पन्छाइएको थियो ।

पहिरो निरन्तर झरिरहेकाले तत्काल यन्त्र लगाएर पन्छाउन नसकिने उप्रेतीले बताए ।

संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण राजमार्गमा यातायातका साधन नचलेकाले यात्रु भने अलपत्र छैनन् । निजी सवारी साधन, मोटरसाइकलमा यात्रा गर्ने र पैदल यात्रुका लागि समस्या भएको छ ।

ताप्लेजुङ–पाँचथर सडकखण्डअन्तर्गत ताप्लेजुङदेखि कावेलीसम्म विभिन्न ठाउँमा वर्षातका समयमा बर्सेनी पहिरो खस्ने भए पनि सडक डिभिजन कार्यालय इलामले यो क्षेत्रमा पहिरो पन्छाउन आवश्यक जनशक्ति नखटाउँदा र यन्त्रको समेत प्रयोग नगर्ने भएकाले सानातिना पहिरो झर्दा समेत लामो समयसम्म बाटो अवरुद्ध हुने गरेको छ ।

जिल्लाका विभिन्न ग्रामीण सडकखण्डसमेत पहिरोकै कारण अवरुद्ध बनेका छन् । सिनाम, आम्वेगुदिन, फुरुम्वोलगायत ठाउँमा जाने कच्ची सडकका विभिन्न ठाउँमा पहिरो झरेको स्थानीयवासीले बताएका छन् । रासस