३१ भाद्र २०८३, बुधबार
,
Latest
दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते



अ+ अ-

विराटनगर, भदौ २१ । यात्रुबाहक बसको ठक्करबाट मोरङमा आइतबार साँझ एक स्कुटरचालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४३१४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको मे ६ प ६९२६ नम्बरको स्कुटरलाई केरौनमा ठक्कर दिँदा धरान–१० बस्ने विकास ताम्राकारको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोही स्कुटरमा सवार ताम्राकारकी पत्नी २५ वर्षीया अञ्जना र १७ वर्षीया बहिनी साइना गम्भीर घाइते भएक छन् ।

घाइतेद्वयलाई उपचारका लागि विराटनगर ल्याइएको छ र बससहित चालकलाई इलाका प्रहरी कार्यालय, पथरीमा राखिएको छ ।