३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar संघर्षका सात बर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

भन्सार राजस्वको १।५ प्रतिशत रकम स्थानीय विकासमा लगाउन माग

भन्सार राजस्वको १।५ प्रतिशत रकम स्थानीय विकासमा लगाउन माग
अ+ अ-

काठमाडौँ,  भदौ २७ । सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सारबाट उठ्ने राजस्वको १।५ प्रतिशत जिल्लाको स्थानीय विकासमा खर्च हुँदै आएकोमा दुई वर्षदेखि रोकिएकाले पुनः छुट्याउन माग गरिएको छ ।
दुई वर्षदेखि स्थानीय विकासको रकम कट्टा गरी केन्द्रमा राखिएकाले पुनः फिर्ता गराउने व्यवस्थाका लागि आज राजधानीमा आयोजित सिन्धु विकास सरोकार समितिको दोस्रो वार्षिक साधारणसभाका सहभागीले यस्तो माग गरेका हुन् ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य निमा घ्याम्छो लामाले जिल्लाको बृहत्तर विकासका लागि १।५ प्रतिशत करको अंश राख्ने व्यवस्था मिलाइनुपर्ने बताए ।
“राजधानी नजिकै भइकन पनि पिछडिएको जिल्लाका रुपमा परिचित भएकाले स्थानीय विकासका लागि दिइने १।५ प्रतिशत रकम फिर्ताका लागि पहल गरिनुपर्छ”–उनले भने ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान चाल्चाभँडेल र जिल्ला सहकारी सङ्घका अध्यक्ष कृष्णभक्त नेपाललगायत वक्ताले जिल्लाको विकासका लागि स्थानीय विकास कर पुनः राख्ने व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए ।
सभाले पाँच वर्षे कार्यकालका लागि १७ सदस्यीय समितिको कार्य समिति पनि निर्वाचित गरेको छ । समितिको अध्यक्षमा चित्रकुमार चौलागार्इं, सहअध्यक्षमा नयनबहादुर पण्डित क्षेत्री, वरिष्ठ उपाध्यक्षमा उद्धवराज सिवाकोटी र उपाध्यक्षमा कामी शेर्पा, निमा शेर्पा र महेशकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः रामचन्द्र खड्का, आशीष खड्का, छिरिङ लामा र दोर्जे लामा रहेको अध्यक्ष चौलागाईंले जानकारी दिए । रासस