• १५ मंसिर २०८०, शुक्रबार
  •      Fri Dec 1 2023
  •   Unicode
Logo
Latest
★   नेपाल एयरलाइन्सबाट त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ खोसियो,प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने ★   पूर्व यूवराज्ञी हिमानी गुसी शान्ति पुरस्कार २०२३ बाट सम्मानित ★   एनएसएल प्रतियोगिता: सुपर लिगमा चितवनको पहिलो जित ★   लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका दम्पती पाण्डे र गुरुङलाई अमेरिकाको बधाई ★   अमेरिकाद्वारा ३.२५ अर्बको फिड द फ्युचर नेपाल युएसएआइडी कृषि सामाग्री कार्यक्रमको शुभारम्भ ★   नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री खाणको विषयलाई लिएर राय बाझियो ★   कोप–२८ लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्छ: प्रधानमन्त्री ★   लालुपाते सहकारी बचत घोटाला प्रकरणः ३५ जना प्रतिवादीविरुद्धको बयान सुरु ★   नेपाल प्रहरीले दलितलाई जबरजस्ती फसाउँछः दलित आयोग ★   अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्र एक मत

भन्सार राजस्वको १।५ प्रतिशत रकम स्थानीय विकासमा लगाउन माग



काठमाडौँ,  भदौ २७ । सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सारबाट उठ्ने राजस्वको १।५ प्रतिशत जिल्लाको स्थानीय विकासमा खर्च हुँदै आएकोमा दुई वर्षदेखि रोकिएकाले पुनः छुट्याउन माग गरिएको छ ।
दुई वर्षदेखि स्थानीय विकासको रकम कट्टा गरी केन्द्रमा राखिएकाले पुनः फिर्ता गराउने व्यवस्थाका लागि आज राजधानीमा आयोजित सिन्धु विकास सरोकार समितिको दोस्रो वार्षिक साधारणसभाका सहभागीले यस्तो माग गरेका हुन् ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य निमा घ्याम्छो लामाले जिल्लाको बृहत्तर विकासका लागि १।५ प्रतिशत करको अंश राख्ने व्यवस्था मिलाइनुपर्ने बताए ।
“राजधानी नजिकै भइकन पनि पिछडिएको जिल्लाका रुपमा परिचित भएकाले स्थानीय विकासका लागि दिइने १।५ प्रतिशत रकम फिर्ताका लागि पहल गरिनुपर्छ”–उनले भने ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान चाल्चाभँडेल र जिल्ला सहकारी सङ्घका अध्यक्ष कृष्णभक्त नेपाललगायत वक्ताले जिल्लाको विकासका लागि स्थानीय विकास कर पुनः राख्ने व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए ।
सभाले पाँच वर्षे कार्यकालका लागि १७ सदस्यीय समितिको कार्य समिति पनि निर्वाचित गरेको छ । समितिको अध्यक्षमा चित्रकुमार चौलागार्इं, सहअध्यक्षमा नयनबहादुर पण्डित क्षेत्री, वरिष्ठ उपाध्यक्षमा उद्धवराज सिवाकोटी र उपाध्यक्षमा कामी शेर्पा, निमा शेर्पा र महेशकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः रामचन्द्र खड्का, आशीष खड्का, छिरिङ लामा र दोर्जे लामा रहेको अध्यक्ष चौलागाईंले जानकारी दिए । रासस