• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

राष्ट्रपतिसँग प्रधानमन्त्री कोइराला र संविधानसभाका अध्यक्ष नेम्वाङबीच भेटवार्ता



फाइल फोटो

काठमाडौं, भदौ २९ । राष्ट्रपति डा. रामवरण यादवलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आगामी असोज ३ गते संविधानसभा भवनमा हुने विशेष समारोहका लागि औपचारिक निम्तो दिएका छन् ।

सभाध्यक्ष नेम्वाङ मंगलबार बिहान शीतल निवास पुगेर नेपालको नयाँ संविधान जारी भएको घोषणा गर्ने कार्यक्रमका लागि राष्ट्रपति यादवलाई निम्तो दिएका हुन् ।

असोज ३ गते संविधानसभा भवन नयाँ बानेश्वरमा विशेष समारोहकाबीच नयाँ संविधान जारी भएको घोषणा गर्ने कार्यक्रम संविधानसभा सचिवालयले तय गरिसकेको छ ।

राष्ट्रपति यादवले निम्तोबारे छिट्टै औपचारिक जानकारी दिने बताएको सभाध्यक्ष नेम्वाङले जानकारी दिए ।

संविधानसभामा अहिले संविधानको परिमार्जित विधेयकको धारामाथि दफावार मतदान गर्दै पारित गर्ने कार्य भइरहेको छ । संविधानसभामा सभासदहरुको मतका आधारमा नयाँ संविधानको सबै धारा पारित गरिसकेपछि सबै सभासदहरुले त्यसमा हस्ताक्षर गर्ने छन् ।

संविधानको नियमावली अनुसार सबै सभासदहरुको हस्ताक्षरपछि सभाध्यक्ष सुवास नेम्वाङले संविधानलाई प्रमाणीकरण गर्ने छन् भने राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान लागू भएको घोषणा गर्ने छन् ।

त्यसैगरी मंगलबार नै प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति यादव र प्रधानमन्त्री कोइरालाबीच बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हो ।
भेटका क्रममा प्रधानमन्त्री कोइरालाले संविधान लेखनमा अहिलेसम्म भएका प्रगति र जारी संविधान लेखन प्रक्रियामा राजनीतिक दललाई सहभागी गराउन गरिएको प्रयासहरुबारे जानकारी गराएका थिए । भेटपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले संविधानसभाबाट संविधान जारी हुने सुनिश्चित भइसकेकाले अब कुनै शङ्का नगर्न सबैसँग आग्रह गरेका थिए ।