२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा



अ+ अ-

काठमाडौँ। ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक खेलाडीहरू विराटनगर पुगेका छन् ।

कोशी प्रदेशका विभिन्न शहरमा हुने चार दिने ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी जनाउन अस्ट्रिया, मलेसिया लगायतका देशका ओलम्पिक खेलाडी विराटनगर पुगेका हुन् ।

विराटनगर विमानस्थलमा बुधवार दिउँसो कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले आठ जना ओलम्पिक खेलाडीलाई स्वागत–सम्मान गर्नुभयो । खेलाडीहरूलाई स्वागत गर्दै उपाध्यक्ष कार्कीले ओलम्पिकजस्तो खेलकुदको महाकुम्भमा सहभागिता जनाएका खेलाडीलाई कोशी प्रदेशमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउनु भयो । नेपाल ओलम्पिक एशोसिएशनकी सचिव देवु थापाले विभिन्न प्रतियोगितामा आफ्नो प्रतिभा प्रश्तुत गरिसकेका खेलाडीलाई फेरि एकै स्थान उभ्याउन प्रयास गरिरहेको बोर्डको काम सराहनीय रहेको बताउनु भयो ।

खेलाडीसँगै आउनुभएका हास्यकलाकार सन्दीप क्षेत्रीले राष्ट्रका गहना मानिने खेलाडीको सम्मानमा यस्तो कार्यक्रम आयोजना हुँदा खेल क्षेत्रले फड्को मार्ने बताउनु भयो । उहाँले पुनर्मिलन कार्यक्रमले पुराना खेलाडीमा सम्मान महशुस दिलाउनेमात्र नभइ खेलक्षेत्र प्रवेश गर्दै गरेका युवा पुस्तामा पनि हौसला मिल्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एशोसिएशनको संयोजनमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । पुनर्मिलन कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी र २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीलाई सहभागिता गराइने बताइएको छ । विदेशी ओलम्पियनस पनि कार्यक्रममा सहभागी हुनेछन् । चार दिने भ्रमणका क्रममा खेलाडीलाई मोरङ, सुनसरी, झापा र इलाम जिल्लामा पर्यटन र खेल प्रवद्र्धनमा जोड मिल्नेगरी अघि बढाइने बताइएको छ । खेल पर्यटनसँगै श्रीअन्तु पर्यटकीय क्षेत्रलाई समेत पुनर्मिलन भ्रमण कार्यक्रमले थप उजागर गर्ने बोर्डले जनाएको छ ।