• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   लुम्बिनी र सुदूरपश्चिममा आज हावाहुरीको सम्भावना ★   सुदूरकाे मुख्यमन्त्री बन्दै दीर्घ सोडारी, लक्ष्मणकिशोर अदालततिर ★   च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा, कुन–कुन टिम पुगे ? ★   ८९ रनमा अलआउट हुँदै आफ्नो न्यून स्कोर बनाएको गुजरातमाथि दिल्लीले ८.५ ओभरमै खेल जित्यो ★   रोटरी क्लब अफ डामे बेल्जियमले नेपाल अपांग संघ अर्थोपेडिक अस्पताललाई सहयोग गर्ने ★   आर्सनललाई हराउँदै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा ★   इलाम-२ उपनिर्वाचन : मिशन ८४ को ट्रेलर, प्रत्येकलाई चुनौती ★   कानुन समाजका अध्यक्ष तीर्थमान शाक्यको निधन ★   सुहाङलाई मत माग्दै ओलीले भन्नुभयोः देश बनाउने युवा हुन्, जिताउनुस् ★   नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनको मिति सर्यो, अब असार १६ देखि २० गतेसम्म काठमाडौंमा

राष्ट्रपतिसँग प्रधानमन्त्री कोइराला र संविधानसभाका अध्यक्ष नेम्वाङबीच भेटवार्ता



फाइल फोटो

काठमाडौं, भदौ २९ । राष्ट्रपति डा. रामवरण यादवलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आगामी असोज ३ गते संविधानसभा भवनमा हुने विशेष समारोहका लागि औपचारिक निम्तो दिएका छन् ।

सभाध्यक्ष नेम्वाङ मंगलबार बिहान शीतल निवास पुगेर नेपालको नयाँ संविधान जारी भएको घोषणा गर्ने कार्यक्रमका लागि राष्ट्रपति यादवलाई निम्तो दिएका हुन् ।

असोज ३ गते संविधानसभा भवन नयाँ बानेश्वरमा विशेष समारोहकाबीच नयाँ संविधान जारी भएको घोषणा गर्ने कार्यक्रम संविधानसभा सचिवालयले तय गरिसकेको छ ।

राष्ट्रपति यादवले निम्तोबारे छिट्टै औपचारिक जानकारी दिने बताएको सभाध्यक्ष नेम्वाङले जानकारी दिए ।

संविधानसभामा अहिले संविधानको परिमार्जित विधेयकको धारामाथि दफावार मतदान गर्दै पारित गर्ने कार्य भइरहेको छ । संविधानसभामा सभासदहरुको मतका आधारमा नयाँ संविधानको सबै धारा पारित गरिसकेपछि सबै सभासदहरुले त्यसमा हस्ताक्षर गर्ने छन् ।

संविधानको नियमावली अनुसार सबै सभासदहरुको हस्ताक्षरपछि सभाध्यक्ष सुवास नेम्वाङले संविधानलाई प्रमाणीकरण गर्ने छन् भने राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान लागू भएको घोषणा गर्ने छन् ।

त्यसैगरी मंगलबार नै प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति यादव र प्रधानमन्त्री कोइरालाबीच बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हो ।
भेटका क्रममा प्रधानमन्त्री कोइरालाले संविधान लेखनमा अहिलेसम्म भएका प्रगति र जारी संविधान लेखन प्रक्रियामा राजनीतिक दललाई सहभागी गराउन गरिएको प्रयासहरुबारे जानकारी गराएका थिए । भेटपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले संविधानसभाबाट संविधान जारी हुने सुनिश्चित भइसकेकाले अब कुनै शङ्का नगर्न सबैसँग आग्रह गरेका थिए ।