३ पुष २०८२, बिहीबार
,
Latest
नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उप निर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गरेको छ: ज्ञवाली



अ+ अ-

बैतडी । नेकपा (एमाले)का उप महासचिव तथा स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले इलाम र बझाङको उप निर्वाचनले एमालेको लोप्रियता प्रमाणित गरेको बताएका छन्।

पार्टीको तीन दिने कार्यकर्ता प्रशिक्षणका क्रममा बैतडी आउनु भएका ज्ञवाललीले इलाममा बियज कायम राख्नु र बझाङमा सिट थप्नुले एमालेको लोकप्रियता र राष्ट्रिय राजनीतिमा एमाले अपरिहार्य रैछ भन्ने प्रमाणित भएको बताएका हुन् । उनले यो उप निर्वाचनले नया हौ भन्नेहरु र राजा ल्याउछौ भन्नेहरुको अवस्था पनि थाहा भएको बताए।

इलाम र बझाङको निर्वाचनले नयाँ हौ भन्नेहरुको अवस्था पनि देखियो, राजा फर्काउछौ भन्नेहरुले हजार भोट पनि कटाउन सकेननु ज्ञवालीले भने। उनले पानी कति तातो चिसो छ भन्ने थाहा पाउन एउटा ओैला डुबाएर परिक्षण गर्दा थाहा हुने बताउदै यो चुनावले एमालेको अवस्था थाहा भएको दाबी गरे ।

कार्यकर्ताहरुमाझ उनले यो चुनावले एमालेलाइ उत्साहित बनाएको छ र यो उत्साहलाइ पार्टी निर्माणमा लगाउनु पर्ने धारणा राखे। नेता ज्ञवालीले एमालेलाइ चुम्बकजस्तो बनाउने बताउदै -जसका वरिपरि सबै सक्कली कम्युुनिष्टहरु, सक्कली देशभक्तहरु टासिन आउनेु बताए।

नेता ज्ञवालीसँगै पार्टीका स्कुल बिभागका सचिव घनश्याम कोइराला, संगठन बिभाग प्रमुख कासीनाथ अधिकारी, पोलिट ब्युरो सदस्य तथा सुदूरपश्चिमका पुर्व मुख्यमन्त्री राजेन्द्र रावल, पोलिट ब्युरो सदस्य निरु पाल लगायतका नेता बैतडी आइपुगेका छन् ।