• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

विश्वका नेपालीभाषीहरूलाई नेपालसँग जोड्न आग्रह



काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीमूलका नागरिकलाई कुनै न कुनै रूपमा नेपालसँग जोड्नुपर्ने बताउनुभएको छ ।

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग मङ्गलबार मन्त्रालयमा भएको भेटमा उहाँले नेपाली भाषा, संस्कृति या कुन माध्यमबाट हुन्छ संसारका नेपालीभाषीहरूलाई नेपालसँग जोड्नुपर्ने बताउनुभएको हो ।

यसबाट एकपटकको नेपाली, सधैँको नेपाली भन्ने मान्यता पनि स्थापित हुन जाने मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो । उहाँले राजनीतिभन्दा माथि उठेर एएनओले अन्य संस्थासँग समेत सहकार्य गरी नेपाली भाषा, संस्कार, सभ्यता र नेपाली परम्परामार्फत नेपालीभाषीहरूलाई एकीकृत गर्न सुझाव दिनुभएको एएनओका महासचिव चुडामणि भट्टराईले जानकारी दिनुभयो ।

भेटका अवसरमा एएनओका अध्यक्ष डिल्ली अधिकारीले आफूहरूले नेपाली भाषा, कला र संस्कृतिमार्फत भावी पुस्तालाई पनि नेपालसँग जोड्दै नेपालीपनको जगेर्ना गर्ने उद्देश्यले यो अभियान सुरु गरेको जानकारी दिनुभयो ।

प्रवासमा रहेका नेपालीभाषी लगानीकर्तालाई नेपालमै आई लगानी गर्न र आफ्ना पुर्खाको पहिचान जोडिएको माटोमा केही गर्न प्रेरित गरिरहेको जानकारी दिनुभयो ।

भेटमा अध्यक्ष अधिकारीसहित महासचिव भट्टराई, सचिव चिरनजङ्ग थापा र संस्थापक सदस्यहरू बाबुकृष्ण कार्की, केबी कार्की, ओम गुरुङ सहभागी हनुहुन्थ्यो ।

विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीहरूको थाइल्याण्डको बैङ्ककमा गत चैतमा सम्पन्न भेलाले नेपाली जाति र नेपालीभाषीहरूलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एएनओ गठन गरेको थियो । रासस