२८ पुष २०८१, आईतवार
,
Latest
गोरखा–गोरखापुर ‘खिचडी यात्रा’ सुरु जय ट्रफीको उपाधिका लागि दुई विभागीय टीम भिड्ने जमिन नभएका सबै दलित परिवारलाई भूमि आयोगसँग जोड्नुपर्नेः महासचिव पोखरेल संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछः पर्यटनमन्त्री पाण्डे म्याग्दीका आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता एलिट कपः मधेशलाई ८ विकेटले हराउदै आर्मी फाइनलमा एलिट कप: मधेशले आर्मीलाई दियो २८ रनको लक्ष्य राष्ट्रपति बाइडेनद्वारा पोप फ्रान्सिसलाई ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम विथ डिस्टिङ्क्शन’ प्रदान बालेनको प्रश्न -अधिकार बिहिन प्रदेश सरकार किन चाहियो ? दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई पाँचौं पटक म्याद थप्न अदालत लगियो



अ+ अ-

काठमाडौं । सहकारीको बचत अपचलनको आरोप लागेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशकसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पाँचौं पटक म्याद थपका लागि कास्की जिल्ला अदालदतमा उपस्थित गराइएको छ ।

गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद शुक्रबार सकिएकाले आज फेरि अदालत उपस्थित गराइएको हो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

प्रहरीले आज पनि म्याद थप माग्नेछ । काठमाडौँ र चितवनबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोले म्याद थप थपेर क्रमशस् उनलाई काठमाडौँ र चितवन लाने प्रहरीको तयारी छ ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी भएका पूर्व प्रहरी नायव महानिरीक्षक (पूर्वडीआइजी) छविलाल जोशीलाई काठमाडौँ लगेर बयान लिइसकिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौँमा पनि जाहेरी परेपछि बयानका लागि लगिएको हो । यो प्रकरणमा रवि लामिछानेविरुद्ध समेत काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोले अब उनलाई पनि बयानका लागि काठमाडौँ लगिने भएको हो ।