२ चैत्र २०८१, शनिबार
March 15, 2025 Saturday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.89

Wind: 1.03

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला १ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

शुक्रबारको तुलनामा आज सुन प्रतितोला १ हजार ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार उक्त सुन प्रतितोला १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।