२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar साहद्वारा बाढीपीडितलाई ३० लाख रुपैयाँ सहयोग News Polar यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar मन्त्री गिता चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar कोशी प्रदेशसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस News Polar दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत News Polar इन्टर्नको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमतिः हरिजनले तोडे अनशन News Polar पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो News Polar मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा News Polar कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो News Polar सिभिल अस्पतालमा १७ सदस्यीय चिनियाँ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण News Polar यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक News Polar दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन News Polar बाढीपहिरो प्रभावित ६ जिल्लाका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित News Polar चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न सरकारको निर्देशन News Polar कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थपियो News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति

प्रधानमन्त्रीको चारदिने चीन भ्रमण, भेटवार्ता र सबै कार्यक्रम मंसिर १८ मा

परराष्ट्रमन्त्री नोभेम्बर २८ मा चीन पुग्ने

प्रधानमन्त्रीको चारदिने चीन भ्रमण, भेटवार्ता र सबै कार्यक्रम मंसिर १८ मा
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि यही मंसिर १७ गते (डिसेम्बर २) मा चीन जाने भएका छन् । उनको यस पटकको भ्रमण चार दिनको मात्र हुने भएको छ ।

उनी आगामी मंसिर १७ मा गएर डिसेम्बर ५ अर्थात (मंसिर २० गते) स्वदेश फर्किने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनका कार्यक्रमहरु भने सबै मंसिर १८ अर्थात् डिसेम्बर ३ का लागि तय गरिएको छ ।

मंसिर १८ गते उनले चिनियाँ राष्ट्रपति सि चिनफिङ र आफ्ना चिनियाँ समकक्षीसँग वार्ता गर्नेछन् । सोही दिन उनले अरु विशिष्ठ अधिकारीसँग भेट गर्नेछन् । त्यसैगरी भ्रमणका क्रममा हुने सबै सम्झौता लगायतका कार्यक्रमहरु पनि सोही दिन हुने कार्यक्रम रहेको बताइएको छ ।

त्यसैगरी डिसेम्बर ४ मा उनले चीनको बेइजिङस्थित नेपाली दूताबासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । साथै त्यसैदिन नेपाल र चिनियाँ उद्योगी व्यवसायीहरुको संयुक्त कार्यक्रम बिजनेस समिटलाई पनि उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बेइजिङमा गरिने सो बिजनेस समिटको तयारी नेपाल उद्योग वाणिज्य महासंघको संयोजनमा अन्य निजी क्षेत्रका संस्थाहरुले गरिरहेका छन् ।

त्यसैगरी सोही दिन नै प्रधानमन्त्री ओलीले चीनको एक विश्वविद्यालयमा प्रवचन दिने पनि कार्यक्रम रहेको प्रधानमन्त्री उच्च स्रोतले जनाएको छ ।

उनको भ्रमण दलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सहित अन्य केही मन्त्री तथा सचिवहरु रहने बताइएको छ । भ्रमण दलका सदस्यहरुको नाम भने मन्त्रिपरिषदले पारित गरिसकेको छैन । उनी डिसेम्बर ५ अर्थात् मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री नोभेम्बर २८ मा चीन पुग्ने

उता परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भने यही नोभेम्बर २८ तारिखमा नै बेइजिङ पुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीस्वरुप र आवश्यक एजेण्डाहरु तय गर्नका लागि उनी चीन जान लागेकी हुन् ।

परराष्ट्र मन्त्रालयको समाचार स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणको तयारीस्वरुप चिनियाँ विदेशमन्त्री वाङ यीसँग परराष्ट्रमन्त्री डा देउवाले द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । सो वार्ता नोभेम्बर ३० का लागि तय भएको छ ।

उनी त्यहीँ बसेर प्रधानमन्त्रीलाई बेइजिङमा नै स्वागत गर्ने कार्यक्रम यसअघि तय भएकामा अहिले त्यसो नगरी फर्किएर नेपाल आइ पछि प्रधानमन्त्रीसँगै जाने कार्यक्रम तय भएको बताइएको छ ।