५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको चारदिने चीन भ्रमण, भेटवार्ता र सबै कार्यक्रम मंसिर १८ मा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि यही मंसिर १७ गते (डिसेम्बर २) मा चीन जाने भएका छन् । उनको यस पटकको भ्रमण चार दिनको मात्र हुने भएको छ ।

उनी आगामी मंसिर १७ मा गएर डिसेम्बर ५ अर्थात (मंसिर २० गते) स्वदेश फर्किने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनका कार्यक्रमहरु भने सबै मंसिर १८ अर्थात् डिसेम्बर ३ का लागि तय गरिएको छ ।

मंसिर १८ गते उनले चिनियाँ राष्ट्रपति सि चिनफिङ र आफ्ना चिनियाँ समकक्षीसँग वार्ता गर्नेछन् । सोही दिन उनले अरु विशिष्ठ अधिकारीसँग भेट गर्नेछन् । त्यसैगरी भ्रमणका क्रममा हुने सबै सम्झौता लगायतका कार्यक्रमहरु पनि सोही दिन हुने कार्यक्रम रहेको बताइएको छ ।

त्यसैगरी डिसेम्बर ४ मा उनले चीनको बेइजिङस्थित नेपाली दूताबासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । साथै त्यसैदिन नेपाल र चिनियाँ उद्योगी व्यवसायीहरुको संयुक्त कार्यक्रम बिजनेस समिटलाई पनि उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बेइजिङमा गरिने सो बिजनेस समिटको तयारी नेपाल उद्योग वाणिज्य महासंघको संयोजनमा अन्य निजी क्षेत्रका संस्थाहरुले गरिरहेका छन् ।

त्यसैगरी सोही दिन नै प्रधानमन्त्री ओलीले चीनको एक विश्वविद्यालयमा प्रवचन दिने पनि कार्यक्रम रहेको प्रधानमन्त्री उच्च स्रोतले जनाएको छ ।

उनको भ्रमण दलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सहित अन्य केही मन्त्री तथा सचिवहरु रहने बताइएको छ । भ्रमण दलका सदस्यहरुको नाम भने मन्त्रिपरिषदले पारित गरिसकेको छैन । उनी डिसेम्बर ५ अर्थात् मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री नोभेम्बर २८ मा चीन पुग्ने

उता परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भने यही नोभेम्बर २८ तारिखमा नै बेइजिङ पुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीस्वरुप र आवश्यक एजेण्डाहरु तय गर्नका लागि उनी चीन जान लागेकी हुन् ।

परराष्ट्र मन्त्रालयको समाचार स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणको तयारीस्वरुप चिनियाँ विदेशमन्त्री वाङ यीसँग परराष्ट्रमन्त्री डा देउवाले द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । सो वार्ता नोभेम्बर ३० का लागि तय भएको छ ।

उनी त्यहीँ बसेर प्रधानमन्त्रीलाई बेइजिङमा नै स्वागत गर्ने कार्यक्रम यसअघि तय भएकामा अहिले त्यसो नगरी फर्किएर नेपाल आइ पछि प्रधानमन्त्रीसँगै जाने कार्यक्रम तय भएको बताइएको छ ।