४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना



अ+ अ-

एजेन्सी । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई आईपीएलको आचार संहिता उल्लंघन गरेको आरोपमा २४ लाख जरिवाना गरिएको छ ।

यसका साथै मुम्बई इन्डियन्सका इम्प्याक्ट प्लेयरसहित अन्य खेलाडीले पनि सजाय भोग्नुपरेको छ । मुम्बई इन्डियन्सले मंगलबार लखनऊ सुपरजाइन्ट्स विरुद्ध आफ्नो पूरा ओभर बलिङ समयमै गरेन ।

आईपीएलको विज्ञप्ति अनुसार यो सिजनमा मुम्बई इन्डियन्सलाई स्लो ओभर रेटमा दोषी पाएको दोस्रो पटक हो र जसका कारण सम्पूर्ण टोलीले सजाय भोग्नुपरेको छ । ‘ओभर रेट अपराधको सम्बन्धमा आईपीएल आचार संहिता अन्तर्गत यो सिजनको टोलीको दोस्रो अपराध थियो ।’ विज्ञप्तिमा भनिएको छ । त्यसैले हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना लगाइएको छ ।

इम्प्याक्ट खेलाडीसहित मुम्बई इन्डियन्सका अन्य खेलाडीलाई पनि जरिवाना गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘इम्प्याक्ट खेलाडी सहित प्लेइङ ११ का बाँकी सदस्यहरूलाई व्यक्तिगत रूपमा रु ६ लाख वा म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ ।’ हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको मुम्बई इन्डियन्सले १० खेलमा सातौं हार बेहोरेको छ ।

लखनउको एकना स्टेडियममा भएको खेलमा मुम्बई इन्डियन्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो । जवाफमा लखनउ सुपरजायन्ट्सले ४ बल बाँकी रहँदै चार विकेटले खेल जित्यो । यो जितसँगै लखनउ सुपरजायन्ट्स आईपीएल २०२४ को अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ । मुम्बई इण्डियन्सको टोली नवौं स्थानमा छ ।