१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकको सुन नबिक्नुमा हामी जिम्मेवार छैनौँ शाक्य



अ+ अ-

गरकोट, २ असोज । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताए । भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले ‘बैंकको सुनचाँदी बिक्री भएन भन्दैमा व्यवसायीलाई दोषी वा जिम्मेवार देखाउन मिल्दैन भने । अध्यक्ष शाक्यले भने– ‘के कारणले बैंकको सुनचाँदी बिक्री भएन त्यसको कारण खोज्ने जिम्मा बैंक तथा सरकारको हो । सुनचाँदी सम्बन्धी छुट्टै ऐन नहुँदा प्रहरी प्रशासनको तजबिजमा व्यवसायीहरुले कारबाही भोग्नुपर्ने बाध्यताको उनले आलोचना पनि गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले सुनचाँदीजस्तो संवेदनशील व्यवसाय सम्बन्धी छुट्टै ऐन नहुँदा जिल्ला\जिल्लामा समस्या रहेको बताए । कार्यक्रममा भक्तपुरका दुई वरिष्ठ सुनचाँदी व्यवसायी शाक्यान शाक्य र अष्टबज्र शाक्यलाई सम्मान गरिएको थियो । यसैबीच सङ्घ साधाण सभाले पद्मसुन्दर शाक्यकै अध्यक्षतामा सर्वसम्मत् १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा वसन्तराज शाक्य, द्वितीय उपाध्यक्षमा विजयरत्न शाक्य, महासचिवमा प्रदीपरत्न शाक्य, सचिवमा अष्टरत्न शाक्य, कोषाध्यक्षमा पद्मसुन्दर शाक्य र सहकोषाध्यक्षमा हेमबज्र बज्राचार्य रहेका छन् ।