२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर तेक्वान्दो डोजाङको उद्घाटन



अ+ अ-

भरतपुर, १२ फागुन । चितवनको भरतपुरमा नवनिर्मित तेक्वान्दो डोजाङको आज उद्घाटन गरिएको छ । चितवन जिल्लाबाट साउथ यसियन खेलाडीका साथै ओलम्पिक खेलाडीहरु उत्पादन गर्ने उदेश्य सहित उक्त तेक्वान्दो प्रशिक्षण केन्द्र (तेक्वान्दो डोजाङ)निर्माण गरिएको हो ।

उक्त तेक्वान्दो प्रशिक्षण केन्द्रमा कोरियाबाट तालिम प्राप्त गुरु सुनिल सिंह त्यसै गरि तेक्वान्दो गुरु जयदेव पौडेल र रोजिना थपलियाले खेलाडीहरुलाई प्रशिक्षण दिने छन् । डोजाङ निर्माण भएपछि खेलाडीहरु मा खुसियाली छाएको छ । यस प्रशिक्षण केन्द्र को कुल लागत खर्च १२ लाख रहेको छ भने निर्माण कार्य एक महिनाको अवधिमा सम्पन्न भएको छ ।

उक्त प्रशिक्षण केन्द्रको उद्घाटन ससस्त्र प्रहरी उपरीक्षक श्याम कोइराला ले गरेका छन् भने प्रमुख अतिथिमा पुर्व ए आइजी ऋषव देव भट्टराई र प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ उपस्थित थिए । साथै सुरक्षा निकायका उच्च पदस्थ व्यक्तिहरुको पनि सहभागिता थियो । उक्त प्रशिक्षण केन्दका संरक्षक टेक प्रसाद गोतामे  (जेकि चेन)ले निर्माण कार्यमा सहयोग गर्नेसबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।