३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आँखाको शल्यक्रिया गराउन पाउँदा वृद्धवृद्धा खुसी

आँखाको शल्यक्रिया गराउन पाउँदा वृद्धवृद्धा खुसी
अ+ अ-

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित आँखा शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको छ । 

नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको आयोजना, आँबुखैरेनी गाउँपालिका र नेपाल नेत्रहीन सङ्घ पुनस्र्थापना कार्यक्रम गोरखाको सहकार्यमा आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालित तीनदिने शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको हो । 

शिविरमा दुई सयजनाको आँखा परीक्षण गरिएको थियो । आँखामा मोतियाविन्दु देखिएकाहरुको सोही ठाउँमा नै शल्यक्रिया गरिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । 

भरतपुर आँखा अस्पतालका डा रञ्जीतकुमार शाहको नेतृत्वमा चिकित्सकको टोलीले वृद्धवृद्धाको आँखाको शल्यक्रिया गरेको थियो । आफ्नै ठाउँमा आँखाको शल्यक्रिया गर्न पाउँदा वृद्धवृद्धा हर्षित भएका छन् । 

गाउँपालिकाले नीतिगत निर्णय गरेर आँखा क्लिनिक र आँखा शिविर सञ्चालन गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले जानकारी दिनुभयो । “गाउँघरमै आँखाको शल्यक्रिया गर्न पाउँदा स्थानीयवासीलाई पनि सहज भयो, नत्र चितवन, पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता थियो,” उहाँले भन्नुभयो, “गाउँपालिकाले पनि अब शल्यक्रियासहितको शिविर सञ्चालन गर्ने तयारी गरेको छ ।”

१८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप 

१८ वर्षभन्दा बढी उमेर पुगेका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । तनहुँका विभिन्न स्थानीय तहले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन लागेको हो । केही स्थानीय तहले पनि खोप अभियान सम्पन्न गरिसकेका छन् । 

बन्दीपुर गाउँपालिकाले १८ वर्ष उमेर पूरा भएका सबै नागरिकका लागि मङ्सिर ८ गते कोभिडसिल्ड र एस्टे«जेनेका खोप लगाउने स्वास्थ्य शाखाप्रमुख अन्जिर भट्टराईले जानकारी दिनुभयो । 

गाउँपालिका–१ स्थित पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्र र वडा नं ४ स्थित बन्दीपुर अस्पतालबाट खोप अभियान सञ्चालन गर्नेछ । गाउँपालिकाले यसअगाडि लक्षित समूहका नागरिक, ज्येष्ठ नागरिक, विद्यार्थी लगायतलाई खोप लगाइसकेको छ । 

देवघाट गाउँपालिकाले मङ्सिर ८ र ९ गते १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने भएको छ । गाउँपालिकाले वडा नं ५ स्थित देवघाट धर्मार्थ अस्पतालमा खोप अभियान सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो । 

कोरोना रोकथाम तथा नियन्त्रण गर्दै सङ्क्रमणको जोखिमबाट नागरिकलाई जोगाउन चरणबद्ध तरिकाले प्राथमिकता र भ्याक्सिन उपलब्धताका आधारमा खोप अभियान सञ्चालन गरिँदै आएको सुवेदीले बताउनुभयो । 

व्यास नगरपालिका, भिमाद नगरपालिका र आँबुखैरेनी गाउँपालिकाले भने १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइसकेको छ । व्यास नगरपालिकाले छुट भएका १८ वर्षमाथिका नागरिकलाई पुनः खोप लगाउने भएको छ । मङ्सिर ८ र ९ गते विभिन्न स्वास्थ्य संस्थामार्फत यसअघि छुट भएका सबैलाई खोप लगाइने स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । 

नगरपालिकामा १२ वटा स्वास्थ्य संस्थामार्फत खोप लगाइनेछ । व्यास–१ को चारकुने स्वास्थ्य केन्द्र, व्यास– २ को केराबारी स्वास्थ्य केन्द्र, व्यास–३ को नगरपालिकाको सभाहल, व्यास–४ को वडा कार्यालय, व्यास–५ को पतेनी आधारभूत स्वास्थ्य केन्द्र, व्यास–६ को स्याम्घा स्वास्थ्यचौकी, व्यास–७ को पाथ्रा स्वास्थ्य केन्द्र, व्यास–८ को रिस्ती स्वास्थ्यचौकी, व्यास–९ को गजुरे स्वास्थ्यचौकी, व्यास–१० को कोभिड व्यवस्थापन अस्पताल, व्यास–११ को तनहुँसुर स्वास्थ्यचौकी र व्यास–१२ को घाँसीकुवा स्वास्थ्यचौकीमा खोप अभियान सञ्चालन गरिने भएको छ ।

तनहुँका हालसम्म ६५ हजार आठ सय ३८ जनाले खोपको दुवै मात्रा लगाइसकेका छन् भने ८६ हजार दुई सय १६ ले पहिलो मात्रा लगाएका छन् । 

स्वास्थ्य कार्यालयका खोप अधिकृत शङ्करबाबु अधिकारीका अनुसार भानुका नौ हजार चार सय ३६, व्यासका १६ हजार सात सय ४६, शुक्लागण्डकीका १० हजार ६१, भिमादका छ हजार पाँच सय २५, म्याग्देका चार हजार छ सय ४५, घिरिङका दुई हजार सात सय ८८, ऋषिङका तीन हजार सात सय २९, देवघाटका तीन हजार पाँच सय ८९, बन्दीपुरका चार हजार ४७ र आँबुखैरेनीका चार हजार दुई सय ७२ ले खोपको दुवै मात्रा लगाएका छन् । रासस