• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

एसिया कप भारतले जित्याे, बंगलादेश फेरि पराजित



काठमाडाैं – दुबइमा शुक्रबार सम्पन्न एसिया कप क्रिकेटकाे उपाधि भारतले ३ विकेटले जितेकाे छ ।

पहिले ब्याटिङ गरेर राम्राे अाधार तयार गरेकाे बंगलादेश एकाएक २२२ रनकाे झिनाे स्काेरमा समेटिएकाे थियाे । फाइनलमा बंगलादेशका लिटाेन दासले बनाएकाे सतक पनि काम लागेन । अाउट हुनुअघि उनले १२१ रनकाे महत्वपूर्ण याेगदान गरेका थिए ।

तर अन्य ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्केका थिए । बंगलादेशका ८ जना ब्याट्सम्यानले दाेहाेराे रन समेत बनाएका थिएनन् ।

जवाफमा भारतले निर्धारित लक्ष्य ७ विकेट गुमाएर पुरा गरेकाे थियाे ।

भारतका लागि कप्तान राेहित शर्माले सर्वाधिक ४८ रन बनाएका थिए ।

प्रतियाेगितामा म्यान अफ द म्याचकाे उपाधि लिटाेन दासले पाएका थिए भने सिरिजका खेलाडीकाे पुरस्कार भारतका शिखर धवनले पाए ।