४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

‘मिस्टर बिन’ कलाकार रोवन अट्किन्सनको मृत्युको झुटो खबरले इन्टरनेटमा हलचल

‘मिस्टर बिन’ कलाकार रोवन अट्किन्सनको मृत्युको झुटो खबरले इन्टरनेटमा हलचल
अ+ अ-

काठमाडौँ । मिस्टर बिनको भूमिकामा विश्वभर करोडौँ प्रशंसक बनाइसकेको हलिउड कलाकार रोवन अट्किन्सनका बारेमा आएको एउटा समाचारले प्रशंसकहरुलाई तनाव बनाइदियो । रोवनको ६६ वर्षको उमेरमा निधन भयो भन्ने समाचार थियो । सो समाचार आउने बित्तिकै प्रशंसकबीच तनाव उत्पन्न गर्यो र मानिसहरुले सामाजिक सञ्जालमा के साँच्चै रोवनको मृत्यु भएको हो भनेर सोध्न थाले । कतिले समाचारको सत्यताको अनुसन्धान नै नगरी उनलाई श्रद्धाञ्जलि दिन थाले । यसपछि सबैले रोवन अट्किन्सन सामाजिक सञ्जालमा ट्रेन्ड गर्न थाले । 
 
अहिले नयाँ समाचारले प्रशंसकहरुलाई राहत दिनसक्छ । मिस्टर बिनको निधनको खबरहरु सत्य नभएर हल्ला मात्र हो । उनी जीवित मात्र नभएर पूरै स्वस्थ पनि छन् । एक रिपोर्टका अनुसार अमेरिकी न्युज च्यानल फक्स न्युज भएको दाबी गर्ने एक ट्विटर ह्यान्डलले उनको मृत्युको खबर फैलाएको थियो । सोही ट्विटरबाट रोवनको मृत्युको समाचार आगोसरी फैलियो । सो नक्कली ट्विटर ह्यान्डलमा गरिएको ट्विटमा एउटा स्पाम लिङ्क पनि दिइएको थियो र सो लिङ्कमा क्लिक गर्ने मानिसहरु भावुक हुँदै सो स्पामको शिकार भए । यद्यपि रोवनको मृत्युको झुटो समाचार यसरी नै फैलिएको यो नै पहिलो पटक होइन । 

मिस्टर बिनका अतिरिक्त कयौँ कलाकारको मृत्यु भएको झुटो समाचार सामाजिक सञ्जालमा आइरहेका छन् । भारतीय सिनेमाका ट्रेजेडी किङ दिलीप कुमार पनि यस्तै हल्लाको शिकार कयौँ पटक भएका थिए । मिस्टर बिन पहिलोपटक टिभीमा सन् १९९० मा देखाइएको थियो । त्यसपछि विस्तारै रोवन विश्वभर चर्चित हुँदै गए ।