• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   बेलायतको चुनावमा लेबर पार्टीको फराकिलो जीत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने ★   प्रधानमन्त्री मोदीले रोहितलाई सोधे – माटोको स्वाद कस्तो थियो ? ★   सहरमा बास, गाउँकै खान्कीमा चाख ★   वर्तमान सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ: अध्यक्ष नेपाल ★   कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ: अर्थमन्त्री पुन ★   कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी ★   मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै ★   निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती ★   बागमती सरकारबाट बाहिरिँदै एमाले ★   हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्दछन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’

अार्सनल र चेल्सीकाे प्रभावशाली जित



यस सत्रकाे इङ्लिस प्रिमियर लिग सिजनमा अार्सनल र चेल्सीले राम्राे सुरूवात गरेका छन् । अाज भएका खेलमा अार्सनलले फूलह्यामलाइ ५ – १ गाेल अन्तरले पराजित गरेकाे छ । अार्सनलका तर्फबाट अाेउबामेयाङ र लाकाजेटीले २-२ गाेल गरेका थिए भने एक गाेल अाराेन राम्सेले गाेल गरेका थिए ।

फूलह्यामका तर्फबाट एक मात्र गाेल अान्द्रे सुरेलले गरेका थिए ।

अर्काे खेलमा चेल्सीले साउथह्याम्पटनलाइ ३-० गाेलले पराजित गरेकाे छ । चेल्सीका लागि एडेन हजार्ड, रस बार्कले र अल्भाराे माेराटाले एकएक गाेल गरेका थिए ।

 

याे जितसँगै चेल्सी २० अंक सहित दाेस्राे स्थानमा उक्लिएकाे छ भने अार्सनल १८ अंकसहित चाैथाे स्थानमा पुगेकाे छ ।

अहिले म्यान्चेस्टर सिटी र लिभरपुलबीच खेल जारी छ ।

गएरातिकाे खेलमा म्यान्चेस्टर युनाइटेडले संघर्षपूर्ण खेलमा  न्यूक्यासललाइ पराजित गरेर साख जाेगाएकाे छ ।

न्यूक्यासलसँग खेल सुरू भएकाे १० मिनेटभित्रै दुइ गाेल खाएकाे म्यान्यूले अन्ततः ३-२ गाेल अन्तरले खेल जित्याे । म्यान्यूका लागि ९०अाैं मिनेटमा अलेक्सी सान्चेजले अास्ले याेङकाे क्रसमा नाटकीय ढंगबाट गाेल गरेका थिए ।

न्यूक्यासलका तर्फबाट केनेडी र याेसिनाेरी मुटाेले गाेल गरेका थिए । त्यसपछि पहिलाे हाफभित्र खासै प्रभावशाली खेल देखाउन नसकेकाे म्यान्यू अत्तालिएकाे र कमजाेर अवस्थामा देखिएकाे थियाे ।

तर स्थानापन्न खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका हुँवा माटाले ७०अाैं मिनेटमा फ्रिकिकबाट गाेल गरेका थिए भने त्यसकाे ६ मिनेटपछि एन्थाेनी मार्सियलले गाेल गरेका थिए ।

याे जितसँगै म्यान्चेस्टर युनाइटेड अाठ खेलमा १३ अंकका साथ अाठाैं स्थानमा उक्लिएकाे छ ।