१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटी र लिभरपुलले अंक बाँडे



अ+ अ-

इङलिस प्रिमियर लिगकाे शीर्ष स्थानका लागि प्रतिस्पर्धामा रहेका म्यान्चेस्टर सिटी र लिभरपुलबीचकाे अाइतबार राति भएकाे खेल बराबरीमा टुंगिएकाे छ ।

दुवै टीमबाट अत्यन्त प्रतिस्पर्धात्मक खेल भएपनि गाेल गर्न दुवै टीम चुकेका थिए । अझ सिटीले पाएकाे पेनाल्टी खेर गएकाे थियाे । सिटीका लागि रियाड महारेजले गरेकाे प्रहार गाेलपाेष्टमाथिबाट बाहिरिएकाे थियाे ।

बराबरी खेलसँगै सिटी २० अंकसहित पहिलाे स्थानमा छ । यस सिजनका ८ खेल सकिंदा टीमकाे अंक तालिका निम्न छः

१. म्यान्चेस्टर सिटी (२० अंक)

२. चेल्सी (२० अंक)

३. लिभरपुल (२० अंक)

४. अार्सनल (१८ अंक)

५. टाेटेनह्याम (१८ अंक)

८. म्यान्चेस्टर युनाइटेड (१३ अंक)