२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजकाे खराब प्रदर्शन जारी, भारतको क्लिन स्वीप



अ+ अ-

भारतले वेस्ट–इन्डिजलाई दोस्रो टेस्टमा पनि तीन दिनभित्र १० विकेटले पराजित गरेकाे छ । भारतमा जारी दुई खेलको यस सिरिजमा भारतले दुवै खेल जितेर ‘क्लिन स्विप’ गरेको छ  । दाेस्राे टेस्टमा उमेश यादवले घातक बलिङ गर्दै भारतको सजिलो जित निश्चित गरेका हुन्  ।

वेस्ट–इन्डिज कप्तान जेसन होल्डरले ५६ रनमा ५ विकेट लिएर भारतलाई पहिलो इनिङमा घरेलु टिमलाई ५६ रनको मात्र अग्रता दिएका थिए । तर वेस्ट इन्डिजले त्यसकाे फाइदा लिन सकेन । दाेस्राे इनिङमा इन्डिजकाे विकेट एकपछि अर्काे गर्दै अाउट भयाे, र पूरै टीम धरासायी भयाे ।

भारतलाइ जितका लागि ७२ रनको लक्ष्य मात्र प्राप्त भएकाे थियाे ।

प्रारम्भिक ब्याट्सम्यानद्वय पृथ्वी सव र लोकेश राहुल दुवै समान ३३ रन बनाएर नटआउट रहे । भारतले १६.१ ओभरभित्रै लक्ष भेट्टाएकाे थियाे ।

वेस्ट–इन्डिज भारतको हातबाट टेस्टमा तीन दिनभित्र पराजित भएको यो लगातार दोस्रोपल्ट हो । उमेश दुईपल्ट ह्याट्रिकको अवसरमा पुगेर पनि चुके । उनले ४५ रन खर्चेर चार विकेट लिए । उनी एकै घरेलु टेस्टमा १० विकेट लिने कपिल देव र जवागल श्रीनाथपछि पहिलो भारतीय तीव्र गतिका बलर भएका छन् ।

‘म उमेशकाे प्रदर्शनबाट निकै खुसी छु,’ भारतीय प्रशिक्षक रवि शास्त्रीले भने । उत्कृष्ट बलिङ गर्दै आएका उमेश अधिकांश समय भारतीय टिमका लागि ‘बेन्च’ को खेलाडी साबित भइरहेका छन् । ‘इंग्ल्यान्डविरुद्ध चारै खेलमा उनले खेल्न पाएनन् । कम्तीमा उमेश जत्तिको खेलाडीलाई यसले पक्कै पनि निराश पार्दो हो । यसपल्ट भने उनले घरेलु पिचमा अवसर पाए र आफूलाई सिद्ध गरे । उनले छनोटकर्तालाई तनावमा पुर्‍याएका छन् र यो राम्रो हो,’ शास्त्रीले थपे ।

भारतले तेस्रो दिनको खेल चार विकेट गुमाएर ३ सय ८ रनबाट सुरु गरेको थियो । रिसव पन्त ९२ रन बनाएर आउट भए । उनी लगातार दोस्रोपल्ट शतक बनाउनबाट चुके । अजिंक्या रहाने पनि शतक बनाउन असफल रहे । होल्डर र सनन ग्याब्रिएलले भारतलाई ३ सय ६७ रनमा सीमित पारेका थिए । रहानेले ८० रन बनाए र उनी होल्डरको सिकार बने । उनले नै रवीन्द्र जडेजालाई शून्यमा आउट पारे । रहानेले पन्तसँग मिलेर १ सय ५२ रनको साझेदारी गरे ।

बलरले जस्तो प्रदर्शन गरेका थिए, त्यस्तै मिल्दो प्रदर्शन वेस्ट–इन्डिजका ब्याट्सम्यानले गर्न सकेनन् । पाहुना टिमले निकै खराब सुरुआत लिएको थियो र प्रारम्भिक ब्याट्सम्यान जोडी क्रेग ब्राथवाइट र किरन पावेल दुवै शून्यमा आउट भए । पाहुना टिमका लागि सुनील एबब्रिसको ३८ रन नै सर्वाधिक रह्यो । ‘पक्कै पनि हाम्रो प्रदर्शन निराशाजनक रह्यो । हामीले सक्दो त प्रयास गरेका थियौं, तर भारतले उत्कृष्ट प्रदर्शन गरेको तथ्यलाई भुल्नुहुन्न,’ कप्तान होल्डरले भने ।