२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से परिसूचक १.८९ अङ्कले उकालो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १.८९ अङ्कले उकालो लागेर दुई हजार ७३५ अङ्कमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ अङ्कले ओरालो लागेर ५१५.१९ मा सीमित भएको छ । नेप्से परिसूचक झिनो अङ्कले बढे पनि कारोबार रकम सस्तोमा सीमित भएको छ । कूल २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर रु चार अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ७.११, व्यापार ३८।८३ र जीवन बीमा ५८.३ अङ्कले घटेको छ । होटल तथा पर्यटन २.०८, विकास बैंक ४०.६८, जलविद्युत् २३.४३, वित्त ३३।०४, निर्जीवन बीमा ३६.२२, उत्पादन २६.२२, अन्य ५.४, लघुवित्त २.९५, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.५५ अङ्कले बढेको छ ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २६ करोड १५ लाख ५६ हजार ८३४ बराबरको कारोबार भयो । यस्तै, आइसिएफसी फाइनान्स रु १८ करोड ६७ लाख ५४ हजार ३३३, अपि पावर कम्पनी रु १७ करोड छ लाख ३० हजार ८७६, नेशनल हाइड्रोपावर रु १४ करोड दुई लाख ३६ हजार ५४७ र आइएमई जनरल इन्स्योरेन्स रु १२ करोड ८३ लाख १५ हजार ९९० बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।

नेप्सेका अनुसार मैलुङ्खोला जलविद्युत् कम्पनी ९.४७, कर्णाली डेभलपमेन्ट बैंक ६.६५, पञ्चकन्या माई हाइड्रोपावर ६, जोशी हाइड्रोपावर ४.८५ र साना किसान विकास बैंकका लगानीकर्ताले ३.९८ प्रतिशतले कमाए ।

त्यस्तै, गुर्खाज फाइनान्स २.५५, उन्नति सहकार्य लघुवित्त २.२३, तेह्रथुम पावर कम्पनी २.२१, एनआइसि एशिया लघुवित्त २.१३ र कुमारी बैंकको ऋणपत्रका लगानीकर्ताले १.९९ प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ३८ अर्ब ५२ करोड ८७ लाख ७० हजार ५१० बराबर भएको छ ।