२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिपिएल: पोखरा पल्टन र काठमाडाैं रोयल्सको दोस्रो जीत



अ+ अ-

कास्की, १२ कात्तिकः  पोखरामा कात्तिक ९ गतेदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा आजका खेलमा पोखरा पल्टन र हुलास काठमाडौँ रोयल्सले दोस्रो जीत दर्ता गराएका छन् ।

चितवन राइनोजलार्ई पाँच विकेटले पराजित गर्दै घरेलु टोली पोखराले जारी प्रतियोगितामा दोस्रो जीत निकालेको हो । यहाँको रङ्गशाला खेल मैदानमा भइरहेको प्रतियोगितामा शुरुआतका ब्याट्सम्यान खाता नै नखोली पेभिलियन फर्किएपछि दवावमा परेको शरद भेषवाकर नेतृत्वको पोखराले त्यसपछि ब्याटिङमा आएका रवीन्द्र सिंहको ४८ बलमा ६५ रनको उत्कृष्ट ब्याटिङको योगदानले चितवनलाई हराउन सफल भयो ।

यसअघि चितवनले २० ओभरमा पाँच विकेट गुमाएर १४० रन जोडेको थियो । जीतका लागि १४१ रनको लक्ष्य पोखराले १७ ओभरको दोस्रो बलमा भेट्टाएको थियो । आजको पहिलो खेलमा हुलास काठमाडाँै रोयल्सले विराटनगर टाइटन्समाथि पाँच विकेट अन्तरले जीत दर्ता गरायो ।

प्रतियोगितामा दोस्रो जीतको खोजीमा रहेको काठमाडौँ विराटनगर टाइटन्सले दिएको १५० रनको विजयी लक्ष्य अन्तिम ओभरको दोस्रो बलमा अमर राउटेलाले छक्का प्रहार गरेपछि सङ्घर्षपूर्ण जीत निकाल्न सफल भएको थियो । विराटनगर २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन जोड्न सफल भएको थियो । काठमाडौँसँग पराजित भएपछि प्रतियोगितामा विराटनगरको तेस्रो हार भएको छ ।