२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिपिएल: पोखरा पल्टन र काठमाडाैं रोयल्सको दोस्रो जीत



अ+ अ-

कास्की, १२ कात्तिकः  पोखरामा कात्तिक ९ गतेदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा आजका खेलमा पोखरा पल्टन र हुलास काठमाडौँ रोयल्सले दोस्रो जीत दर्ता गराएका छन् ।

चितवन राइनोजलार्ई पाँच विकेटले पराजित गर्दै घरेलु टोली पोखराले जारी प्रतियोगितामा दोस्रो जीत निकालेको हो । यहाँको रङ्गशाला खेल मैदानमा भइरहेको प्रतियोगितामा शुरुआतका ब्याट्सम्यान खाता नै नखोली पेभिलियन फर्किएपछि दवावमा परेको शरद भेषवाकर नेतृत्वको पोखराले त्यसपछि ब्याटिङमा आएका रवीन्द्र सिंहको ४८ बलमा ६५ रनको उत्कृष्ट ब्याटिङको योगदानले चितवनलाई हराउन सफल भयो ।

यसअघि चितवनले २० ओभरमा पाँच विकेट गुमाएर १४० रन जोडेको थियो । जीतका लागि १४१ रनको लक्ष्य पोखराले १७ ओभरको दोस्रो बलमा भेट्टाएको थियो । आजको पहिलो खेलमा हुलास काठमाडाँै रोयल्सले विराटनगर टाइटन्समाथि पाँच विकेट अन्तरले जीत दर्ता गरायो ।

प्रतियोगितामा दोस्रो जीतको खोजीमा रहेको काठमाडौँ विराटनगर टाइटन्सले दिएको १५० रनको विजयी लक्ष्य अन्तिम ओभरको दोस्रो बलमा अमर राउटेलाले छक्का प्रहार गरेपछि सङ्घर्षपूर्ण जीत निकाल्न सफल भएको थियो । विराटनगर २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन जोड्न सफल भएको थियो । काठमाडौँसँग पराजित भएपछि प्रतियोगितामा विराटनगरको तेस्रो हार भएको छ ।