२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजकाे लज्जास्पद हार, चौथो एकदिवसीय भारतले जित्याे



अ+ अ-

मुम्बई, १२ कात्तिकः भारतले वेस्ट इन्डिजलाइ चाैथाे एकदिवसीय खेलमा २२४ रनले पराजित गरेकाे छ ।

पहिले ब्याटिङ गरेकाे भारतले राेहित शर्माकाे व्यक्तिगत १६२ रन र अम्बाटी रायडूकाे १०० रनकाे मद्दतले ३७७ रनकाे विशाल स्काेर खडा गरेकाे थियाे ।

जवाफमा ३७८ रनकाे विशाल लक्ष पछ्याउने क्रममा १५३ रनमै समेटिएकाे थियाे ।

भारतका लागि खलिल माेहमद र कुलदीप यादवले ३, ३ विकेट लिएका थिए ।

यसअघि टस जितेको भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियाे ।

पाँच खेलको यस शृङ्खलामा दुवै देशले एकएक खेल जितेका छन् । एउटा खेल बराबरीमा सकिएको थियो ।

आजको खेलमा भारतले दुई खेलाडी परिवर्तन गरेको थियाे । मध्यक्रमका ब्याट्सम्यान केदार जाधव र रविन्द्र जडेजा टिममा फर्किका छन् भने रिषभ पन्त र युजवेन्द्र चहललाई हटाइएको छ ।

टस जितेपछि प्रतिक्रिया दिँदै भारतीय कप्तान विराट कोहलीले मुम्बईको खेल मैदानमा बढी रन बन्ने भएकाले ब्याटिङलाई ध्यानमा राखिएको बताउनुभएकाे थियाे ।

वेस्ट इन्डिजले पनि एकजना खेलाडी परिवर्तन गरेको छ । यसअघिको खेलमा सहभागी भएका बलर ओवेद म्याककोएको स्थानमा कीमो पललाई मौका दिइएको कप्तान जेसन होल्डरले बताउनुभयो ।