२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

महारेजको गोलले सिटी शीर्ष स्थानमा, लोपेटेगुई बर्खास्त



अ+ अ-

रियाद महारेजको एक मात्र गोलको मद्दतले म्यान्चेस्टर सिटीले टोटनहम हटस्पर्सलाई पराजित गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा पुनः कब्जा जमाएको छ ।

लेस्टर सिटीका पूर्व फरवार्ड महारेजले खेलको छैटौँ मिनेटमा रहिम स्टर्लिङको क्रसलाई गोलमा परिणत गरेका थिए ।

उनले आफ्नो गोल हालै हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका लेस्टरका मालिक भिचाई श्रीभधानाप्रभालाई समर्पित गरेका थिए ।

खेलको दोस्रो हाफमा डेभिड सिल्भा र स्टर्लिङले गोलको अवसर गुमाए भने स्पर्सका गोल किपर ह्युगो लोरिसले सर्जियो एगुएरोको दुईवटा प्रहार बचाउ गरे ।

जीतसँगै १० खेलपछि सिटीको २६ अंक रहेको छ । लिभरपुलको समान अंक भए पनि गोल अन्तरको आधारमा सिटीले शीर्ष स्थानमा उछिनेको हो ।

यता, टोटनहम भने पाँचौ स्थानमा सिमित रहेको छ ।

रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुई बर्खास्त

टीमको नेतृत्व सम्हालेको चार महिनामा नै रियल म्याड्रिडले जुलेन लोपेटेगुईलाई प्रशिक्षकको पदबाट बर्खास्त गरेको छ ।

जिनेदिन जिदानको बाहिरिगमनसँगै स्पेनिस प्रशिक्षकले गत जुनमा रियलको नेतृत्व सम्हालेका थिए ।

तर, आइतबार एल क्लासिकोमा बार्सिलोनासँग ५–१ को लज्जास्पद पराजय बेहोर्दा रियलले पछिल्ला ६ मध्ये पाँच खेलमा हार बेहोर्न पुगेको थियो ।

पराजयपछि लगातार तीन पटकको च्याम्पियन्स लिग विजेता रियल ला लिगामा नवौँ स्थानमा सिमित बनेको छ । सन् २००१–०२ पछि रियलको सबैभन्दा खराब शुरुवात हो ।

उनको स्थानमा तत्काललाई रियलको बी टिमका प्रशिक्षक तथा पूर्व खेलाडी स्यान्टियागो सोलारीले जिम्मेवारी सम्हाल्नेछन् ।

लोपेटेगुईले सोमबार पनि प्रशिक्षण गराए पनि बोर्ड बैठकले उनको भाग्य तय गरेको थियो ।

यो वर्ष लोपेटेगुई दुई पटक बर्खास्तीमा परेका हुन् । यसअघि उनलाई स्पेनको राष्ट्रिय टोलीबाट बर्खास्त गरिएको थियो ।

रियलले एक व्यक्ति जारी गर्दै ‘रियल म्याड्रिडको स्टाफको गुण र हालसम्म प्राप्त नतिजामा असंगती देखिएको’ बताएको छ ।

सन् २०१८ को बालोन डि’ओर का लागि गरिएको सर्टलिस्टमा रियलका चार खेलाडी समावेश छन् ।

रियलले बुरधबार स्पेनिस कपमा डिभिजन बी टोली मेलिलाबिरुद्ध खेल्नेछ ।

को आउँला रियलको हटसिटमा ?

लोपेटेगुईको स्थानमा चेल्सीका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टेले सम्हाल्ने सम्भावना रहेको छ ।

तर, रियल र कोन्टेबीचको छलफलमा ब्रेक लागेको समाचार बाहिर आएका छन् ।

कोन्टेले रियलले खर्च गर्न चाहेको भन्दा बढी रकम माग गरेको कारण करारमा समस्या देखिएको बताइएको छ ।

यता, कप्तान सर्जियो रामोश पनि कोन्टेप्रति सकारात्मक छैनन् ।

त्यही भएर रियलका चर्चित पूर्व खेलाडी सोलारीले तत्कालका लागि सिनियर टीमको जिम्मेवारी पाएका हुन्, जसरी यसअघि जिनेदिन जिदानले पाएका थिए ।

सन् २०१६ को जनवरीमा राफायल बेनिटज बर्खास्तीमा परेपछि जिदानले रियललाई लगातार तीन च्याम्पियन्स लिगको उपाधि दिलाउँदै गत मेमा पदबाट राजीनामा दिएका थिए ।