२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम खेलमा डिसिएस पराजित



अ+ अ-

धनगढी, १४ कात्तिक (रासस) ः मुम्बइ भ्रमणमा रहेको धनगढी क्रिकेट एकेडेमी (डिसिए) आज भएको अन्तिम मैत्रीपूर्ण खेलमा मुम्बइको भिवन्डी गाउँको टिमसँग पराजित भएको छ ।

मुम्बइको कल्याणस्थित भिवन्डी गाउँको टिमले डिसिएलाई दुई विकेटले पराजित गरेको हो । ३० ओभरको खेलमा डिसिएले दिएको १६७ रनको लक्ष्य भिवन्डीले अन्तिम एक ओभरको खेल बाँकी रहँदा आठ विकेट गुमाएर पूरा ग¥यो ।

मैत्रीपूर्ण खेल खेल्नका लागि यही कात्तिक ४ गते मुम्बइ गएको डिसिएले विभिन्न क्लबसँंग छ वटा एकदिवसीय र एउटा टी–२० गरी सात अभ्यास खेल खेलेकामा तीनमा जित र चार खेलमा पराजय व्यहोरेको छ ।

सोनाले क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ रोजेको डिसिएले निर्धारित ३० ओभर खेल्दै नौ विकेटको क्षतिमा १६६ रन बनाएको थियो । डिसिएका लागि सोनु मण्डलले तीन छक्का र तीन चौकाको मद्दतले अर्धशतक पूरा गर्दै नटआउट ६८ रन बनाए ।

कप्तान सुवोध ऐरले ब्याटिङ गर्दै दुई छक्का र दुई चौकाको मद्दतले छ बलमा २० रन बनाए । किरण नाथले १९ रनको योगदान गरे । डिसिएका अरु ब्याट्सम्यान रन आउट भएका थिए ।

बलिङ गर्दै भिवन्डीका सोेहेब गौरीले सर्वाधिक चार र खसिद अन्सारीले दुई विकेट प्राप्त गरे । जवाफी ब्याटिङमा उत्रेको भिवन्डीले अन्तिम ओभर बाँकी रहँदा जित हात पारेको थियो ।

डिसिएका १० वर्षीय खेलाडी सुवोध तिवारीले तीन विकेट लिए पनि खराब फिल्डिङ र चार क्याच छोडेका कारण डिसिएले पराजय व्यहोर्नु प¥यो । यस्तै सोनुले दुई, कुश मण्डलले दुई र सन्दिप आउजीले एक विकेट हात पारेका थिए ।