९ श्रावण २०८३, शनिबार
,
Latest
काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि झापामा ट्राफिक कारबाही घट्दा राजस्वमा कमी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपावलीकाे राैनक शुरू (तस्वीरमा)



अ+ अ-

विक्रम संवत् २०७५ काे दीपावली पर्व अाजैदेखि शुरू भइसकेकाे छ । रङ, फूल र बत्तीकाे यस महान पर्वमा देशैभर बेग्लै उत्साह छाउँछ । देउसी, भैली र गीत नृत्यले गाउँघर उज्यालाे हुन्छ । यसै पर्वकाे पूर्वसन्ध्याका केही तस्वीर हेराैं ।

धादिङको निलकण्ठ नगरपालिका वडा न.ं १ पात्लेमा ब्यवसायिक सयपत्री फूल । तिहारमा बिक्री गर्न बारीबाट फूल टिपेर काठमाडौँ लाने तयारी गर्दै फूल खेती गर्ने कृषक शेरबहादुर गुरुङ र उनको परिवार । तस्वीर ः सीताराम अधिकारी, धादिङ, रासस

 

तिहारको पहिलो दिन सोमबार रमेश दुलाल ‘कागे’ रत्नपार्कस्थित शान्ति वाटिकामा आयोजित काग सम्मेलनमा काग बोलाउदै । १७३ जीव जनावर तथा चराचुङङगीको आवाज निकाल्ने दुलालले विगत १४ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका छन । तस्वीर ः नवीन पौडेल, रासस

 

सप्तरङगी टीका बिक्री गर्दै
काठमाडौँको कोटेश्वरमा सोमबार भाइ टीकाको लागि सप्तरङगी टीका बिक्री गर्दै बालिका । तस्वीर ः चन्द्रकला क्षेत्री, रासस

 

 

तिहारका लागि किनमेल
काठमाडौँको जमलमा सोमबार लक्ष्मीपूजाका लागि कमलको फूल किनमेल गर्दै स्थानीय । तस्वीर ः चन्द्रकला क्षेत्री, रासस

 

बैतडीको देहिमाडौँ बजारमा तिहारमा बिक्रीका लागि राखिएका फूलमालाहरु । तस्वीर ः विनोद सिंह विष्ट, बैतडी, रासस