२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत ४ रनले पराजित, अस्ट्रेलियाकाे खराब प्रदर्शन जारी



अ+ अ-

ब्रिसवेन — निकै रोमाञ्चक खेलमा अस्ट्रेलियाले बुधबार भारतलाई पहिलो टान्टी– २० खेलमा ४ रनले हराएको छ । भारतका लागि शिखर धवनले उत्कृष्ट ७६ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन ।

अस्ट्रेलियाका लागि भने यो जित निकै महत्त्वपूर्ण रह्यो । उसले खराब प्रदर्शनबीच आफूलाई सुधार्न सक्यो । यो जितले अस्ट्रेलियाकाको आत्मविश्वास बढ्ने छ ।

वर्षाले प्रभावित खेल १७ ओभरमा छोटयाइएको थियो । डकवर्थ लुइस नियमअनुसार भारतले जितका लागि १ सय ७४ रनको लक्ष्य पाएको थियो । अस्ट्ेरलियाले यसअघि ग्लेन म्याक्सवेलको सर्वाधिक ४६ रन मदतमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । भारतलाई अन्तिम ओभरमा जित पाउन १३ रन चाहिएको थियो ।

तर मार्कस स्टोनिसले उक्त ओभरमा दुई विकेट लिएर भारतलाई दबाबमा राख्यो । मार्चमा दक्षिण अफ्रिकाविरुद्धको शृंखलामा खराब प्रदर्शनपछि अस्ट्ेरलिया दबाबमा रहेको थियो । त्यो शृंखलामा बलमाथि गरिएको छेडछाडले पनि टिम थप विवादमा परेको थियो । अहिलेको जितले अस्ट्रेलियाकालाई धेरै राहत दिनेछ ।

यो जित निकाल्नुअघि अस्ट्रेलियाकापछिल्ला चार टान्टी–२० मा पराजित रहेको थियो । ‘हाम्रा ब्याट्सम्यानले धेरै राम्रो खेले, विशेषत: इनिङ्सको मध्य ओभरमा । रन बटुल्ने क्रममा हाम्रा खेलाडी निकै बहादूरी पनि देखाए,’ अस्ट्रेलियाकाली कप्तान आरोन फिन्चले भने, ‘दबाबबीच हाम्रो बलिङ पनि राम्रो रह्यो ।’

भारतीय कप्तान विराट कोहलीले खेल निकै रोचक बनेको र कुनै पनि बेला कसैको पक्षमा जानसक्ने रहेको बताए । धवनले भारतका लागि आक्रामक रूपमा ब्याटिङ गरे । तर उनलाई लगातार साथ दिने अरू ब्याट्सम्यान रहेनन् । ‘हामीले राम्रो त खेल्यौं, तर त्यो जितका लागि पर्याप्त रहेन,’ उनले भने ।