२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामाथि भारतकाे प्रभावशाली जित



अ+ अ-

सिड्नी, ९ मंसिर । भारतले अस्ट्रेलियालाइ तेस्राे तथा अन्तिम टीट्वान्टी क्रिकेटमा ६ विकेटले पराजित गरेकाे छ । याे जितसँगै दुवै देशले एकएक खेल जितेका छन् । दाेस्राे खेल वर्षाका कारण रद्द भएकाे थियाे ।

टस जिती पहिले ब्याटिङ गरेकाे अस्ट्रेलियाले निर्धारित २० अाेभरमा छ विकेट गुमाएर १६४ रनकाे मध्यम स्काेर खडा गरेकाे थियाे । अस्ट्र्रेलियाका लागि डी सर्टले ३३, अाराेन फिन्चले २८, ए क्यारीले २७, स्टाेवाइनिसले २५ रनकाे याेगदान दिएका थिए ।

अस्ट्रेलियालाइ सस्तैमा समेट्ने क्रममा भारतीय बलर क्रुनाल पान्ड्याले ३६ रन दिएर ४ विकेट लिएका थिए ।

जवाफमा भारतीय कप्तान विराट काेहलीले अविजित ६४ रन बनाउनुका साथै अाेपनर राेहित शर्मा (२३) र शिखर धवन (४१ रन) उत्कृष्ट सुरूअात गरेका थिए । भारतले १९.४ अाेभरमा ४ विकेटकाे क्षतिमा १६८ रन बनाएकाे थियाे ।

भारतीय ब्याट्सम्यानका अघिल्तिर अस्ट्रेलियाली बलरहरू फिक्का देखिएका थिए ।

भारतीय बलर क्रुनाल म्यान अफ द म्याचकाे उपाधि जितेका थिए ।




भर्खरै