९ भाद्र २०८३, मंगलवार
,
Latest
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसुवाखाेला र प्राधिकरणबीच विद्युत् खरीद सम्झौता



अ+ अ-

काठमाडौँ, १४ मङ्सिरः सङ्खुवासभाको मकालु गाउँपालिकामा ४५ मेगावाट क्षमताको कसुवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण र कसुवाखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक सिइडिबी हाइड्राे फण्डको सहायक कम्पनी कसुवाखोला जलविद्युत् कम्पनीबीच आज विद्युत् खरीद सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कसुवाखोलाका प्रबन्धक सुस्मित शर्मा भट्टराईले हस्ताक्षर गर्नुभएको छ । आयोजनाबाट उत्पादित विद्युत् वर्षाको समयमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरीद गर्नेछ ।

आयोजनाको कूल लागत रु १० अर्ब रहनेछ । आयोजनालाई अर्धजलाशययुक्त बनाउने प्रवद्र्धकले जनाएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म वित्तीय व्यवस्थापन गरेर निर्माणमा जाने तयारी प्रवद्र्धकले गरेका छन् ।

सो आयोजनाबाट २५९.५९२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट उत्पादित विद्युत् कसुवा–तुम्लिङटार १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्राधिकरणको तुम्लिङटार सबस्टेशनमा जोडिने छ ।