९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य भोटेकोशीको आर्इपिओमा तीन गुणा बढीको आवेदन



अ+ अ-

काठमाडाैं, १५ मंसिर । मध्य भोटेकोशीको साधारण शेयर (आईपिओमा) मा ३.११ गुणा आवेदन परेको छ। कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता शेयर बिक्रीमा ल्याएकोमा तीन करोड ६३ लाख कित्ता बढीको आवेदन परेको कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

बिक्री प्रबन्धकका अनुसार मंसिर १४ गते ३ बजेसम्ममा एक लाख ३५ हजार ९८६ वटा आवेदनबाट तीन अर्ब ६३ करोड ९५ लाख मूल्यको ३ करोड ६३ लाख ९५ हजार कित्ताको माग भएको छ । तथ्याङ्क संकलनको क्रम जारी रहेकोले उल्लेखित तथ्याङ्क अन्तिम नभएको बिक्री प्रबन्धकले जनाएको छ ।

मध्य भोटेकोशीले पहिलो चरणमा निष्काशन गर्ने एक करोड ४४ लाख कित्ता आईपिओमध्ये कात्तिक २८ गतेदेखि एक करोड १७ लाख कित्ता शेयर कर्मचारी सञ्चयकोषमा गत असोज २९ गतेसम्म रकम जम्मा गर्ने बचतकर्तालाई निष्काशन गरेको थियो । जसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था रहेको थियो ।

आयोजनाले २७ लाख कित्ता शेयर भने संस्थापक शेयरधनी संस्थाका लागि २१ लाख र ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष) का कर्मचारीहरुका लागि ६ लाख कित्ता शेयरमा मंसिर १८ देखि २६ गतेसम्म आवेदन खुला गर्नेछ ।

जसमा संस्थापक शेयरधनीहरुले न्यूनतम ५० कित्तादेखि ५०० कित्तासम्म र ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष) का कर्मचारीले ५० देखि अधिकतम १२ सय कित्तासम्म आवेदन दिन पाउनेछन् ।