![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा सेवामा समस्या देखिएको छ ।
सुन्धाराको अप्टिकल फाइबर काटिएपछि टेलिकमको नेटवर्कमा फोन नलाग्ने, आफैं काटिने जस्ता समस्या देखिएका छन् ।
अाइतबार दिउँसो २ बजे यता काठमाडौंमा टेलिकमको नेटवर्कमा समस्या आएको प्रवक्ता प्रतिभा वैद्धले जानकारी दिइन् ।
उनका अनुसार अहिले फाइबर मर्मतको काम भइरहेको छ । ‘मर्मतको काम भइरहेको छ, केहीबेरपछि समस्या हट्छ’, उनले भनिन् ।