१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-अस्ट्रेलिया टेस्ट, भारतकाे सुदृढ प्रदर्शन



अ+ अ-

एडीलेड, २३ मंसिर । भारत र अस्ट्रेलियाबीचकाे एडिलेडमा भइरहेकाे पहिलाे टेस्ट क्रिकेटमा भारतले सुदृढ प्रदर्शन गरेकाे छ । भारतका लागि दाेस्राे इनिङमा चेतेश्वर पुजाराले फेरि ७१ रनकाे महत्वपूर्ण याेगदान गरेका छन् । चाैथाे दिनकाे भाेजन समयसम्म अजिन्के रहाणे अविजित ५७ रन बनाएर क्रिजमा छन् ।

भारतले समग्रमा चाैथाे दिनकाे भाेजन सत्रसम्म २७५ रनकाे अग्रता बनाइ सकेकाे छ । निकै सुस्त र ब्याटिङका लागि सहज नहुने एडिलेडमा भारतले टेस्ट जित्ने सम्भावना बढी देखिएकाे छ ।

टस जितेर पहिले ब्याटिङ गरेकाे भारतले २५० रनमा अलअाउट भएकाे थियाे । भारतका लागि चेतेश्वर पुजाराले सर्वाधिक १२३ रन बनाएका थिए । भारतीय अन्य ब्याट्सम्यानले खासै याेगदान गरेका थिएनन् ।

अस्ट्रेलियाले पहिलाे इनिङमा २३५ रन मात्र बनाउन सकेकाे थियाे ।

भारत र अस्ट्रेलियाबीच चारवटा टेस्ट खेल हुँदैछन् ।

खेल संक्षेप

भारत — २५० रन र २६०/५ (खेल जारी, २७५ रनकाे अग्रता)

अस्ट्रेलिया — २३५ (अलअाउट)