• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   २४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु ★   दिल्लीले राजस्थानलाई २० रनले हरायो, राजस्थानले प्लेअफका लागि अन्य खेल कुर्नुपर्यो ★   आज मातातीर्थ औँशी : मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो ★   पिएसजीलाई पाखा लगाउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा ★   अन्तर कलेज फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी १ च्यानलले प्रत्यक्ष प्रशारण गर्ने ★   विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईको निधन, दुई घाइते ★   मातातीर्थ मेला सुरु, चन्द्रागिरिमा भोलि बिदा ★   म दोषी भए फासीमा चढाईयोस्, ८ वर्षले पुग्दै पुग्दैनः सन्दीप लामिछाने ★   एमाले रसुवा जिल्ला अध्यक्षमा ढकाल ★   नेकपा एसको निष्कर्षः सरकारमा हाम्रो निरन्तरता कायम रहन्छ

ओन्ली फर यु’ गीति क्यासेट आजदेखि बजारमा



काठमाडौँ, २१ मङ्सिर: गीतकार दुर्गा प्रधानको ‘ओन्ली फर यु’ गीति क्यासेट आजदेखि बजारमा आएको छ ।

माया प्रेमका विषयलाई आधार बनाएर सिर्जना गर्नुभएकी गीतकार प्रधानका उक्त क्यासेटमा ‘खुशी लाग्छ’, ‘रात पनि दिन’, ‘तिम्रो हजुर गल्ती’, ‘मेरो साथ हुँदा’ र ‘पराइलाई दिलमा’ शीर्षकका पाँच वटा गीत समावेश गरिएको छ । अञ्जु पन्त, शिव परियार, दीपा लामा, मेलिना राई र विनोद पछाईले स्वर दिनुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा पूर्व अर्थमन्त्री शङ्कर कोइरालाले क्यासेटको विमोचन गर्दै स्रष्टाले सामाजिक एकता र आर्थिक समृद्धिका पक्षमा कलम चलाउनु पर्नेमा जोड दिनुभयो । उहाँले गीतकार प्रधानले प्रकाशन गर्नुभएको गीति क्यासेटले नेपाली गीत सङ्गीतको श्रीवृद्धिका लागि योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य बीमा बोर्डका निर्देशक कुमार प्रधानले विभिन्न जाति संस्कृतिका समुदाय मिलेर बनेको नेपाली कला, साहित्यले देश र जनतालाई अन्तर्राष्ट्रिय तहमा परिचित गर्ने बताउनुभयो । गीतकार प्रधानले आफूले जीवनमा भोगेका अनुभवलाई रचनामार्फत प्रस्तुत गरेको बताउँदै माया र प्रेमको भावनाले समाजमा शान्ति, विकास र समृद्धि कायम गर्दछ भन्नुभयो ।